राष्ट्रियसभा चुनावका लागि दुई हजार ४७ जना मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  मतदाता नामावली स्वीकृत गरेको छ। उक्त निर्वाचनमा कूल दुई हजार ४७ मतदाता कायम गरिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य,  गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानुनी व्यवस्था छ।

उक्त व्यवस्थाबमोजिम प्रदेशसभा सदस्य पाँच सय ४९ तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार चार सय ९८ मतदाता रहेका छन्।

 स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फ कूल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेशसभा सदस्य एक जनाको नाम हटाइ पाँच सय ४९ कायम गरिएको छ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता एक हजार पाँच सय छ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिकाका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक तथा नगरपालिकाका प्रमुख चार जनाको नाम हटाई कूल एक हजार चार सय ९८ जनाको नामावली स्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनका लागि प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा  नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ गरी जम्मा ५७ हजार पाँच सय ५९ मतभार कायम गरिएको छ।

आयोगबाट निर्धारित मतभारबमोजिम प्रदेशसभाका सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ।

निर्वाचन कार्यक्रमबमोजिम यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ। प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन तथा मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ।

यही पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?