छत्रकोटमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल स्थापना, बिशेषज्ञ डाक्टर सहितको सेवासुविधा

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा बिशेषज्ञ डाक्टरको सेवासुविधा सहित पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल स्थापना भएको छ ।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा स्थापना भएको उक्त हस्पिटल आगामी १४ गते उद्घाटन हुने खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडका संचालक समिति अध्यक्ष सरोज पाण्डेले जानकारी दिए ।

सोमबार हस्पिटलमै पत्रकार सम्मेलन गर्दै संचालक समितिले १५ शय्याको पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि स्थापना भएको जानकारी गराउँदै उद्घाटनपछि सेवा शुभारम्भ हुने जानकारी गराएको छ । गुल्मीको छत्रकोट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिका तथा अर्घाखाँचीको छत्रदेव र पाणिनी गाउँपालिका साथै पाल्पाको रैनादेवी छहरा गाउँपालिका गरी ६ स्थानीय तहका एक लाख बढी जनसंख्यालाई लक्षित गरेर विगत ७ वर्षदेखि अस्पताल स्थापना गर्ने उद्देश्यका साथ हाल संचालनमा ल्याइएको हो ।

अस्पताल तीन सय ९७ जना नागरिकको सेयर लगानीमा खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेड र लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका एक सय ३५ शेयर सदस्यको बराबरी लगानी गरी दुई समितिबीच समझदारी भई पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि संचालनमा आएको अस्पतालका खर्ज्याङ्ग पब्लिक हेल्थका कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले जानकारी दिए ।

“गुल्मी, अर्घाखाँची र पाल्पाको ऐक्यबद्धता(गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ अस्पतालको स्थापना भएको हो । यश अस्पतालमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडको बराबरी लगानीमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल स्थापना भएको हो । अस्पतालमा हालसम्म ७ करोड लगानी भइसकेको छ । पूर्ण रुपमा उपकरणसहित अस्पताल सम्पन्न हुँदा १० करोड लगानी हुने अस्पतालका संचालक सरोज पाण्डेले जानकारी दिए ।

पत्रकार सम्मेलनमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक समिति अध्यक्ष तथा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल खर्ज्याङ्गका अध्यक्ष गोपालबहादुर पोखरेलले आफूहरूको समेत सहजीकरणमा गुल्मीमा अस्पताल स्थापना गरेर गुल्मी, अर्घाखाँची र पाल्पाका बिरामीले सहज सेवा पाउने बताए । त्यस्तै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाका संचालक रामप्रसाद पोखरेलले पाल्पापछि गुल्मीमा पनि आफूहरूको समेत लगानीमा गुल्मी, पाल्पा र अर्घाखाँचीको सिमाना गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खर्ज्याङ्गमा अस्पताल स्थापना भएको बताए ।

उनले खर्ज्याङ्गका स्थानीयको उत्साह र गुल्मीको गुल्मीदरबार, छत्रकोट र रुरुक्षेत्रका सरोकारवालाको सहयोगका कारण अस्पताल स्थापना गर्न सम्भव भएको बताए ।पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालसहित क्रियाशील पत्रकार र नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष अशोक खनालसहित क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?