संक्रमणकालिन न्यायसम्बन्धी विधेयक अघि बढाउने शीर्ष नेताहरूबीच सहमति

काठमाडौँ । संक्रमणकालिन न्यायसम्बन्धी (टीआरसी) विधेयकलाई अघि बढाउने शीर्ष नेताहरुबीच सहमति जुटेको छ ।

प्रमुख दलका शीर्ष नेताहरुबीच आज बालुवाटारमा भएको बैठकमा उक्त सहमति भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा विधेयकका विषयमा छलफल गर्दै शीर्ष नेताहरुले आउँदो अधिवेशमा विधेयक लैजाने सहमति गरेका हुन्।

बैठकमा सहभागि नेकपा एमालेका सचेतक महेश बर्तौलाले भने, ‘भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानून बनाउने र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसद्‍मा प्रस्तुत गर्ने सहमति शीर्ष नेताहरूबीच जुटेको छ।’

सचेतक बर्तौलाले आजको छलफलमा विधेयकका अन्तरवस्तुका बारेमा सहमति नभएको पनि बताए। छलफल जारी राख्ने पनि सहमति भएको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी थिए ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत वर्षको फागुन २५ मा प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?