लुम्बिनीमा सडक खाना महोत्सव हुँदै, तयारी पुरा

सुरेश परियार,
रूपन्देही । बुद्ध जन्मस्थल रूपन्देहीको लुम्बिनीमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सांस्कृतिक महोत्सव तथा दसौं फुड फेस्टिभल हुने भएको छ ।

लुम्बिनी होटल संघको आयोजनामा ३१ डिसेम्बर (पुस १५) को दिन लुम्बिनीमा सडक खाना महोत्सव हुने पत्रकार सम्मेलन मार्फत मंगलबार जानकारी गराइएको हो ।

स्थानीय खानपिनका परिकारहरूका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरू महोत्सवमा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

यस वर्षदेखि महोत्सवलाई प्रदेशस्तरीय मान्यतासहित मनाउन लागिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।
महोत्सवमा स्थानीय थारू समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राह्मण समुदाय, नेवारी समुदाय, गुरुङ, मगर समुदाय, आदिका खानपिनका साथै पाल्पाको किनिया रोटी बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, यस क्षेत्रकै नामी मिठाई इम्रिति (अमृति) लगायतका परिकार उपलब्ध रहने अध्यक्ष ज्ञवाली बताए ।

सो सम्मेलनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सडक खाना महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए । सांस्कृतिक महोत्सवलाई सफल बनाउन आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै मेयर मुसलमानले भव्य रुपमा मनाउन आग्रह गरे ।

महोत्सवमा नौमती, पञ्चेबाजा बिरहा थारू झुमराका साथै आधुनिक पप डिजे गीत सङ्गीतको माध्यमबाट मनोरञ्जन उपलब्ध गराइने संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा लुम्बिनी पर्यटन विकास परिषद आयोजकका रूपमा रहेको शर्माले बताए ।
महोत्सव लक्षित गरी लुम्बिनी होटल संघले पुस १६ गतेका निम्ति होटल कोठामा १५ सम्म छुट उपलब्ध गराउने संघका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिए ।

महोत्सवमा भारतबाट २० हजार बढी पर्यटक आउने र आन्तरिक रुपमा पनि पर्यटकको बाक्लो अवलोकन हुने आयोजकले दाबी गरेको छ ।महोत्सव लक्षित सुरक्षा व्यवस्थापनका लागि पनि समन्वय भइरहेको आयोजकले जनाएको छ ।महोत्सव सम्पन्न गर्न करिब १२ लाख अनुमानित खर्च लाग्ने जनाईएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?