कुल मन्दिरलाई खरेल परिवारकाे तेइस लाख बढीको सहयोग  

बागलुङ । गुल्मीको मुसीकोट नगरपालिका ९ ददल्का थुम स्थित थानपति खराल कुलदेव  मन्दिरको लागि पाँच  भाइ मिलेर २३ लाख बढीको  आर्थिक  सहयोग प्राप्त भएको छ । 

सोही वडाकै ददल्का  जन्म स्थान भइ हाल चितवन र काठमाडौं बसोवास गर्दै आएका यस अर्लाङकोट सेवा समाज जापानका संस्थापक एवम् संरक्षक तथा पूर्व एनआरएनए आइ.सी.सी का सदस्य एवम् समाजसेवी एवं सफल व्यवसायी डिलाराम खरेल र उनका भाइहरू बाबुराम खरेल, रामु खरेल, रमेश खरेल, कुलराज खरेल गरि पाँच  भाइ मिलेर  थानपति खराल कुलदेव मन्दिरको लागि  तेइस लाख तेत्तीस हजार तिन सय एकतीस रुपैयाँ आर्थिक सहयोग दिएको कुलदेव मन्दिर  समितिका सचिव  कालिदास खरेलले जानकारी दिए ।

थानपति खराल कुलदेव मन्दिर संरक्षण एवम्  सम्वर्द्धन लागि गत पौष ३ गते देखि १० गतेसम्म चलेको वत्स गोत्रीय खरालहरुको कुल मन्दिर उद्घाटन तथा  मूर्तिप्राण प्रतिष्ठापन एवम् कुल पितृ मोक्षार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको अवसरमा उक्त  रकम सहयोग गरेका थिए ।

त्यस्तै सप्ताह ज्ञान महाज्ञयको अवसरमा दानकारी र मनकारी खरेल परिवारलाई सम्मान गर्दै स्वामी केशवाचार्य सूर्यपाकी ज्यूले धन्यवाद दिए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कौरव खत्री
लेखकको बारेमा

कौरव खत्री

खत्री समाचारपाेष्टका गुल्मी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?