बरु ढिला चल्छु, राम्रो गर्छु

देशकै ठूलो नगरपालिका अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नं. ३ ठाडामा जन्मिएका राजन अधिकारी यति वेला गायनको क्षेत्रमा चर्चा बटुलेकाे नाम हाे । उनि यतिबेला काठमाडौँमा छन् । उनले सानै देखिको गीत गाउने सपनालाई पूरा गर्न सङ्घर्ष गरिरहेका छन् । अाज हामी उनै राजन अधिकारीसँग केही कुराकानी गरेका छाैँ । 

याे संगितकाे क्षेत्रमा कसरी आउनु भयाे ?

– गाउँघरमा रेडियोबाट गीत बजेको सुन्दा आफूलाई पनि गाउन मन लाग्थ्यो, समाचार बज्दा पनि समाचारमै नाच्ने गर्थे रे म । स्कुलमा हरेक हप्ता प्रतिभा प्रस्फुटन कार्यक्रम हुने गर्थ्यो ,म बढि चञ्चले ,चुलबुले र सबैको प्यारो थिए । कहिले गित गाउन मन लाग्ने कहिले साहित्य कोर्न मन लाग्ने यहि गतिलाइ निरन्तरता दिदै गए  र यहि नै मेरो रुचि बन्यो । कुरा म आफू चार कक्षामा पढ्दाको हो एक दिन विद्यालयमा कार्यक्रम भएको थियो प्रतिभा प्रस्फुटन- बिना प्रतिभा पनि पुरस्कार र टिकाको लोभमा मैले पनि गीत गाउने निधो गरे र गाए पनि। मेरो लागि धमाकेदार ताली बज्यो म त्यतिबेला प्रथम त भएन तर त्यहाँ बसेको एकजना सरले बाबू तेरो आवाज धेरै राम्रो छ भविष्यमा राम्रो गायक बन्नु है भनेर दस रुपैयाँ हातमा थमाइदिनु भयो । रातो टीका निधारमा लगाउने लोभले गीत गाएको म त्यही दिनबाट मलाई थाह भयो म गीत गाउनको लागि जन्मिएको रहेछु र त्यसैलाई नै मैले निरन्तरता दिँदै गए । विद्यालयमा हुँदै स्थानीय स्तर सम्मको प्रतिस्पर्धामा भिड्दै हिड्ने थाले सानै उमेरमा पनि । स्थानीय हुँदै जिल्ला र जिल्ला हुँदै प्रदेश सम्मको प्रतिस्पर्धामा म भाग लिए कतै सफल भए त कतै असफल भए हारबाट अनुभव लिए भने जितबाट थप चुनौती र त्यही चुनौती लिदै म अघि बढे र मेरो यात्रा सुरु भयो ।त्यही रुची, उहीँ निरन्तरता र चुलबुले बानिले आज राजन अधिकारीलाई अधिकाम्सले चिन्ने बनायो र त्यसैलाइ मैले निरन्तरता दिदै आइरहेको छु।

पछिल्लाे समय के मा ब्यस्त हुनुहुन्छ ?

-गित सङ्गीतमा केही नयाँ, केही फरक र राम्रो गर्छु भन्ने आकाश जतिकै ठूलो सपना बोकेर म राजधानी छिरेको हुँ । पढाइलाई पनि निरन्तरता दिँदै आइहरेको छु । कुनै पनि क्षेत्रमा सफल हुनको लागि मान्छेलाई प्रतिभा मात्र भएर हुँदैन प्रतिभा, सिकाइ र धैर्यता हुन जरुरी छ । त्यसैले गर्दा पनि म आफूलाई सिकाइ मै ब्यस्त बनाउदैछु । सङ्गीत सिक्दै, नृत्य सिक्दै र आफ्नो विषयगत भन्दा बाहिरी कुराहरूको अध्ययन गर्ने कुराहरूमै आफूलाई व्यस्त बनाउँदै आइरहेको छु ।

गीत संगीत के हाेकस्ताे हुनुपर्छ तपाइकाे बिचारमा ?

गीत सङ्गीत भनेको मन भुलाउने माध्यम मात्र कदापी हैन। कुनै पनि सिर्जनाहरु सुन्दा वा हेर्दा मान्छेले सोझै आँखाले थाहा पाउन सकुन् कि यो गीत यस्तो रहेछ हो गीत सङ्गीत त्यस्तै हुनु पर्छ। गीत भित्र मान्छेका मनको भावना लुकेका हुन्छन, कुनै पनि गीत सिर्जना गर्दा सर्जकले आफ्नो कथा आफ्नो भोगाइ भन्दा पनि माथि रहेर समाजको यथार्थता,  सामाजिक प्राणी मानिसको जीवनसँग मेल खाने गीतहरू बजारमा ल्याउनु पर्छ । त्यसले गीत मात्र चर्चामा नल्याएर आधिकांश व्यक्तीहरुलाइ यो भान समेत गराउँछ कि हाम्रो पनि मन बुझिदिने कोहि रहेछ। गीत सङ्गीतले समाजमा रहेको नकारात्मकलाई सकारात्मकतामा बदल्ने हुनु पर्छ। म चाहन्छु हरेक सर्जकले चर्चा कमाउन भन्दा पनि समाजलाई सकारात्मक परिवर्तन ल्याउने तवरले गीत सिर्जना गरून् । जसले आफै गीत चर्चामा ल्याउनु साथै समाजलाई पनि राम्रो राम्रो ज्ञान प्रदान गर्न सकोस्।

गीत संगीतमा भविष्य छैन भन्छन् नी के लाग्छ ?

मलाई लाग्छ कलाकार दुई थरिका हुन्छन एक हुन्छन आफै बनेका अर्का हुन्छन अरुले बनाएका । गीत सङ्गीतबाट जीवन चलाउन सहज छ त भन्ने प्रश्नको उत्तर मैले भन्नु भन्दा पनि गहिरिएर यस क्षेत्रमा नियाल्ने हो भने जो कसैले पनि थाहा पाउन सक्छ । आफै बनेका कलाकार हुन्छन जसले समय समयमा राम्रो सिर्जना बजारमा ल्याउने गर्छन आफै चर्चित हुन्छन आफै कार्यक्रम धाउने गर्छन जसको जीवन सहज नै भैरहेको देख्न सकिन्छ तर जब कुरा आउँछ अरुले बनाएका कलाकारको उनीहरू सँधै पर्खाइमा हुन्छन कसले गीत दिन्छ गाउला अनि मेरो चर्चा होला भनेर। अहिले त भाइरल को जमाना पनि छ कोही मान्छे यतिकै भाइरल हुन्छ भने अलि अलि स्वर भए त्यो गायक बन्छ नभए अभिनय गर्छ र रातारात उस्ले आफ्नो जीवन बद्लिएको महसुस गर्छ । जब सम्म दर्शकहरू त्यो भाइरललाई हेरेर मिच्छिदैनन त्यो भाइरल मान्छेलाई आफू खतरा भए म ठूलो भए लाग्छ जब दर्शकले बिस्तारै उसलाई हेर्न छाड्छन् समर्थकरुले भाइरल लिन छोड्छन् अनि त्यो भाइरल मान्छे डिप्रेसनमा जान्छ आफै अगाडि बढ्ने उससँग कुनै क्षमता हुदैन र आफूलाई कुनै बेला भाग्यमानी सम्झिने उस्ले त्यो बेला सन्सारकै अभागी मान्छे सम्झन्छ अनि भन्छ यो गोत सङ्गीतमा लाएर भविष्य छैन। जसले गीत सङ्गीत नजिक बाट बुझेको हुन्छ, जस्ले राम्रो सिर्जना बजारमा ल्याउँछ उसले सहज जीवन बिताएकै हुन्छ यस्ता उदाहरण धेरै हुनुहन्छ । त्यसैले पनि गीत सङ्गीतमा लागेर भविष्य छैन भन्नेहरुलाइ यो बुझ्न जरुरी छ कि यदि आफै गरेर कुनै कलाकार बनेको छ भने उस्ले फेरि पनि आफू बन्ने क्षमता राख्छ उस्लाई कसैको साहारा चाइदैन उस्ले आफ्नो जीवन सहज बिताएकै हुन्छ। जसले बजारमा राम्रो सिर्जना ल्याउँछ उस्ले पक्कै पनि जीवन सहज तरिकाले चलाएकै हुन्छ ।

बजारमा हल्ला सुनिन्छ राजनले अन्य सर्जकको गीत गाएनन् के हो वास्तविकता ?

केही महिना अगाडि मात्र मैले एउटा गीत गाएको थिए “हिरा जस्तो सररर छ तिम्रो मुहार अब मैले बिर्सु कसरी” यो गीत यति धेरै बजारमा चल्यो कि राजन अधिकारलाई सयौँले चिनुहुन्थ्यो भने त्यो गित पछि अहिले लाखौले चिन्न थाली सक्नु भएको छ । स्वर्गीय राजेन्द्र लम्साल ज्युको गीत हिरा जस्तो सरर मैले उहाँको सम्मान स्वरुप इन्द्रेणी कार्यक्रममा गाएको थिए । त्यो गीत अन्य कलाकारकै भए पनि राजन अधिकारीले राम्रो गीत गाउँछ है भनेर मलाई चिनाउने त्यो गीत थियो त्यसपछि धेरै सर्जकहरूले मलाई गीत गाउने अवसर दिनु भयो तर मैले गाउन खोजेन कुनै सर्जकको गीत आफूलाई चित्त बुझेन कुनै सर्जकसँग राम्रो समझदारी कायम हुन सकेन । आफ्नो चर्चा नहुदाँ धेरै अग्रजहरूसँग मलाई गीत गाउने अवसर दिनुस् भन्दै जादा कसैले अवसर दिनु भएन तर जब म अलि अलि चर्चामा आउन लागे म सबैको प्यारो भए सबैले मलाई तान्न खोज्नु भयो मैले यी कुरालाई नजिकबाट हेर्दै आएको थिए । मलाई थाहा थियो मलाई पक्कै उहाँहरूले अहिले माथि उठाउनुहुन्छ तर एक दिन यसरी मलाई तल झार्नुहुन्छ कि म माथि उठ्न पनि सक्दिनँ त्यसैले बरु ढिला चल्छु, ढिला नै सही राम्रो गर्छु भन्ने मनसाय बोकेर म कुनै सर्जकको गीत गाएन । आफू सक्षम हुन्छु र आफ्नै सिर्जना बजारमा ल्याएर हेर्छु म कहाँ सम्म पुग्दो रहेछु के मेरो सङ्गीतमा जीवन छ त भनेर म त्यसरी आफूलाई जज गर्ने तयारीमा छु। अहिलेसम्म मैले कुनै आफ्नो सिर्जना बजारमा ल्याएको छैन ,कुनै सर्जकका सिर्जनाहरु पनि गाएको छैन तर अब छिट्टै मेरो आफ्नै सिर्जना बजारमा आउने तयारी हुँदैछ। मैले गाएका अन्य कलाकारका गीतहरू धेरै मात्रामा माया गर्दै आइरहनु भएको छ । राजन आलुलाई तयार गर्दै छ । कतै गएको छैन दर्सकहरुले नबिर्सिउन् भनेर बेलाबेला इन्द्रेणी जस्ता कार्यक्रममा गएर सम्झाउन बाध्य पारिरहेको छु। 

राजनले किन गीत बजारमा ल्याएनन् त ?

 

-दर्शकहरुले मलाई फेसबुकको म्यासेजमा देखि लिएर टिकटक युट्युबमा तपाइकाे गीत कहिले अाउँछ भन्दै प्रश्न गरिरहनु भएको छ । सबैको प्रश्नको उत्तर दिन म असमर्थ छु । मेरो एउटा गीत तयारी हुँदैछ तर त्यो गीत माघमा ल्याउने तयारी छ । म केही महिना देखि एउटा विषयवस्तुमा अनुसन्धान गर्दै आइरहेको छु, म चाहन्छु मेरो सिर्जनाले समाजमा नकारात्मक हैन सकारात्मक परिवर्तन ल्याओस् । कुनै पनि राम्रो काम गर्न धैर्य गर्नु पर्छ हो म त्यही गर्दैछु तयारी भैरहेको छ छिट्टै नै बजारमा आम दर्शकमा राजनको गीत कैले आउँछ भन्दै पर्खेर बस्नेतहरूको लागि केही नयाँ पक्कै आँउदै छ । भनिन्छ नि हतारमा गरिएको कामले राम्रो परिणाम पाइदैन त्यसैले पनि म बिस्तारै गर्दैछु ।  लगत्तै तपाईं दर्शकको मनमा बस्ने ठूलो आस सहित एउटा गीत पक्कै बजारमा आउने छ। 

 

राजनलाइ परिवारकाे कत्तिकाे साथ छ ?

– म गीत सङ्गीतमा लाग्नुको प्रेरणा मेरो आमा हुनुहन्छ । आफू जन्मेको डेढ बर्समै मैले आमा गुमाए । म ठूलो हुँदै गए पछि मैले थाहा पाए मेरी आमाले मलाई गायक बनाउने ठूलो सपना देख्नु भएको थियो रे। हरेक मान्छे जन्मनुको कुनै कारण हुन्छ रे सायद मलाई भगवानले गीत गाउनै पठाउनु भएको हो त्यसैले पनि म गीत सङ्गीतमै लागेको छु। आमाको सपना ,आफ्नो रुचि, गाउँघरको सुझाव सल्लाह नै मेरो लागि गीत सङ्गीतको प्रेरणा बनेको हो। जब जब म खुसी हुन्थे गीत बजाएर नाच्ने गर्थे, जब जब दुख पर्थ्यो आफै गीत लेख्न थाल्थे त्यसरी पनि था भयो म गीत सङ्गीतकै लागि जन्मिएको मान्छे हो भनेर। मेरी आमा, घरपरिवार, छिमेकी र मेरो जीवनमा आउने सुख र दुःख नै मेरो लाई गीत सङ्गीतमा आउने प्रेरणा बनेको हो।घर परिवारले सोचे अनुरूपको कार्य नगर्दा पक्कै पनि कसैको परिवार खुसी हुनुहुँदैन होला मेरो पनि त्यस्तै थियो। सुरुमा गीत गाउदै हिन्दा यसले जिन्दगीमा केहि पनि गर्दैन समेत भन्नुहुन्थ्यो परिवारमा , गीत सङ्गीतमा भविष्य नै छैन खुरुखुरु नपढेर गाइने बनेर हिड्छ भन्नुहुन्थ्यो तर पनि म आफ्नो रुचिलाई छाडिन अघि बढ्दै गए । जति भनेपछि पनि नलागेपछि परिवारपनि साथ दिन बाद्य हुनु भयो। त्यतिबेला गीत सङ्गीतमा लागेर जिन्दगी बिगार्ने भो भन्ने मेरो परिवार अहिले मेरो चर्चा र कामले धेरै खुसी हुनुहुन्छ। अहिले मलाई परिवारको पूरा समर्थन रहेको छ र म पनि धेरै खुसी छु।

राजनकाे भवि याेजना के छ त ?

-भनिन्छ आफ्नो भावी योजना कसैलाई सुनाउनु हुँदैन। मैले धेरै योजना बनाउँदै आइरहेको छु । मैले योजना बनाउँदै त्यस्लाइ पूरा गर्न साथ अर्को योजना बनाइनै हाल्छु। गित सङ्गीतमा केही फरकपन ल्याउने मेरो कोसिस छ। भविष्यमा म गीत सङ्गीतमा मात्र न अल्झिएर, पढाइलाई पनि माथि लिएर केही गर्ने सोचमा छु। आफ्नो राम्रो सिर्जना बजारमा ल्याउने सोचमा छु, आफ्नो आवाज हुँदै आफ्नो गीतमा आफ्नै अभिनय गर्दै म फिल्म सम्मको यात्रा तय गर्ने योजनामा छु। जीवनमा एउटा पुस्तक नलेखी त मर्दिनँ भन्ने मेरो सानै देखिको सोच छ त्यसलाई पूरा गर्ने तयारी मा छु। पहिले आफूलाई सबै दर्शकहरू सामु सकारात्मक तवरले चिनाउने कसरी भनेर त्यसैमा लागेको छु। आफू चिनिँदै र दर्शकको प्यारो हुँदै गए पछि बिस्तारै आफ्ना योजना आफ्ना कल्पनाहरुलाइ प्रयोगात्मक रुपमा पस्किने मेरो योजना रहेको छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

-छोटो समयमा धेरै दर्शकको माया पाउने भाग्यमानी कलाकार मध्य म पनि एक हु जस्तो मलाई लाग्छ। सामाजिक सञ्जालका विभिन्न माध्यममा मलाई दर्शकहरूले माया गर्दै आइरहनु भएको छ टिकटक, युटुब,र फेसबुक जस्ता सामाजिक सञ्जाल मार्फत मलाई दर्शकले फलो गर्दै आइरहनु भएको छ मेरा गीत सुन्दै आइरहनु भएको छ। धेरै दर्शकहरूले कमेन्टमा यो भाइले एकदिन इतिहास रच्छ भन्ने जस्ता कुराहरू लेखेको देख्छु । उहाँहरूको यस्ता प्रतिक्रियाहरूले आफू केही गर्न सक्छु है भन्ने अझ आत्मविश्वास बढेर आउँछ। दर्शकहरूको यो मायाको सधैँ म इज्जत गर्ने गर्छु सधैँ सम्मान गर्ने गर्छु आशा गर्छु अझै माया पाइरहने छु। अन्त्यमा यती भन्न चाहन्छु, कलाकार म आफू बन्छु भनेर हुँदैन तपाईं दर्शकहरूले बनाउन पर्ने हुन्छ । मलाई छोटो समयमा तपाइहरुको मायाले म कलाकार बन्न सक्षम छु है भन्ने भान दिइरहनु भएको छ । राजनको गीत किन आएनन् राजनले किन अवसर पाएन भनेर नसोच्नु होला राजन केही विशेष तयारीमा छ । पक्कै केही नयाँ केही आँखा रसाउने केही मनमा बस्ने गरि आउने छ। जतिको माया पाइरहेको छु सधैँभरि म पाइरहूँ । यदि सामाजिक सञ्जालमा जोडिन चाहनुहुन्छ तर भेटाउनु भएको छैन भने सामाजिक सञ्जालमा राजन अधिकारी नाम खोजेर जोडिन सक्नुहुनेछ यती भन्न चाहन्छु।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?