अर्घाखाँची ।
पाणिनि बहुप्राविधिक शिक्षालय,चिवेकमा विद्यार्थीहरुको विदाइ तथा शुभकामना प्रदान कार्यक्रम आज सम्पन्न भएको छ। सिभिल इन्जिनियरिङ चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले छैठौं सेमेष्टरका विद्यार्थीहरुलाइ भव्य समारोहका बिच विदाइ गरेका हुन्।
सिभिल चौथो सेमेष्टरका विद्यार्थी अमृता घिमिरेको सभापतित्व तथा शिक्षालय प्रमुख मणि गैरेको प्रमुख आतिथ्य एवं लक्ष्मी पौडेलको स्वागत मन्तब्यसहित सुरु भएको उक्त कार्यक्रममा सिभिल इन्जिनियर,अन्तिम वर्षका विदाइ भएर जाने विद्यार्थीहरुलाइ शिक्षालय प्रमुख मणि गैरे लगायत अन्य प्रशिक्षक सरहरुले अविर, खादा अनि मायाको चिनो सहित विदाइ गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं शिक्षालय प्रमुख गैरेले विद्यार्थीहरुलाइ प्राविधिक शिक्षाको महत्त्व दिनानुदिन बढ्दै गइरहेको सन्दर्भलाइ मनन गर्दै आफुलाइ अझ परिपक्व बनाउन आग्रह गरेका छन् त्यस्तै शिक्षालय विद्यार्थीहरुका हरेक शैक्षिक समस्याहरुलाई कम गर्दै लैजाने प्रयत्नमा दत्तचित्त भएर लाग्ने समेत कार्यक्रमका प्रमुख अतिथि गैरेले बताएका छन् । कार्यक्रममा शिक्षालयको तर्फबाट प्रशिक्षक केशब खनाल, विशाल रायमाझी, शिक्षालयका सिनियर कर्मचारी कृष्णप्रसाद घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सिभिल चौथो सेमेष्टरका विद्यार्थीहरुले पनि शुभकामना मन्तव्य लगायत कविता, गीत, गजल, नृत्य आदि विभिन्न सास्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।
कार्यक्रमको सन्चालन विद्यार्थीद्वय स्मृति अधिकारी र बिपिन आचार्यले गरेका थिए।




















