अर्घाखाँची । पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले कृषकहरूलाई दूध उत्पादनका आधारमा दिँदै आएको अनुदान बजेट अभावका कारण घटाउनु परेको बताएकाछन् ।
पाणिनी दुग्ध सहकारी संस्था लिमिटेडको विशेष साधारणसभा तथा दुर्गाफाँट डेरीको दोश्रो वार्षिक उत्सवलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले यस्तो बताएका हुन् । अध्यक्ष न्यौपानेले किसानहरूले पाउँदै आएको अनुदान घट्दा किसान चिन्तित भएको भन्दै अनुदान घटाउनुपर्दा आफूहरुलाई पनि दुख लागेको बताए । उनले संघीय तथा प्रदेश सरकारबाट प्राप्त बजेट नै कम भएको कारण सबैक्षेत्र समेट्नका लागि तथा दूधउत्पादन बढ्दै जादा बजेटकाे अाकार घट्दै गएकाे कारण पनि अनुदान घटाउनु पर्ने बाध्यतामा आफूहरू परेको आशय व्यक्त गरेका थिए । उनले कृषकहरू अब अनुदानकाे भरमा मात्र पर्न नहुने समेत बताए ।
अध्यक्ष न्यौपानेले उक्त सहकारीले विगत लामो समय देखि कृषकको पक्षमा काम गर्दै आफूलाई स्थापित गरेको भन्दै सहकारीलाई उद्योगमा रूपान्तरण गर्नुपर्ने मा जोड दिए । त्यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए ।
मन्व्य राख्दै वडा नं. २ का अध्यक्ष चन्द्रकान्त पाैडेलले दुर्गाफाँट दूध उत्पादनका हिसावले सम्भावना बाेकेकाे स्थान भएकाे भन्दै यसमा लागि पर्न समेत अनुराेध गरेका थिए ।
संस्थाका अध्यक्ष बाबुराम घिमिरे (भुवन) को अध्यक्षता तथा कोषाध्यक्ष हरि प्रसाद पोख्रेलको स्वागत मन्तव्य, सल्लाहकार रोमकान्त बेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष घिमिरेले संस्थाको सांगठनिक तथा वार्षिक प्रगति प्रतिवेदन र संस्थाका सदस्य कृष्ण प्रसाद बेल्बासेले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा उत्कृष्ट कृषकलाई नगद र मायाकाे चिनाे स्वरूप न्यानो कपडा सहित सम्मान गरिएको थियो । कार्यक्रममा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा न २ का अध्यक्ष चन्द्रकान्त पौडेल, रास्वपाका जिल्ला संयोजक हरि प्रसाद भुसाल, संस्थाका शेयर सदस्य, सञ्चारकर्मी, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।














