विश्व हिन्दु युवा सङ्घको केन्द्रिय प्रसारण विभागमा अर्घाखाँचीका घिमिरे मनोनित

काठमाडौं ।
विश्व हिन्दु युवा सङ्घले केन्द्रीय प्रसारण विभागको सह-संयोजकका रुपमा अनन्तप्रसाद घिमिरेलाई मनोनित गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंमा बसेको उपलब्ध पदाधिकारीको वैठकले उनलाई उक्त पदमा मनोनित गरेको हो ।

विश्व हिन्दु युवा सङ्घको स्थापना कालदेखि नै अत्यन्तै सक्रिय घिमिरेले विगत लामो समयदेखि विभिन्न शैक्षिक संस्थाहरुमा अध्यापन गरेको अनुभव लिइसकेका छन् । पुूर्वीय सस्कृति र सभ्यताको संरक्षण एवं सम्बर्द्धनमा काम गर्दै आइरहेका घिमिरे विभिन्न पत्रपत्रिकाहरुमा लेखकका रुपमा समेत रहेका छन् । नेपाली र संस्कृत विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका घिमिरे एक आध्यात्मिक साधक समेत हुन् । रास्ट्रगुरु योगी नरहरिनाथको सिद्धान्तलाई आत्मसात् गर्ने शिष्यको रुपमा उनको परिचय रहेको छ । जस्तोसुकै परिस्थितिमा पनि सत्कर्म र न्यायको पक्षमा लाग्नुपर्छ भन्ने घिमिरेले हिन्दु धर्म र सनातन संस्कृतिको उन्नयनमा अझ बढी लाग्ने बताएका छन् ।

विश्व हिन्दू युवा संघको प्रसारण विभागमा घिमिरेले संगठन, मौलिक धर्म, संस्कृति र सभ्यताको रक्षाको लागि विशेष योगदान गर्नेमा आफू पूर्णरूपमा विश्वस्त रहेको विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेश जङ्ग शाहले बताएका छन् ।
त्यसैगरी आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यालय सचिबको जिम्मेवारी दोलखाका रुपिन खड्कालाई दिएको केन्द्रीय कार्यालयले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?