कुनै पनि देशलाई कमजोर बनाउनु छ भने त्यस देशको भाषा संस्कृतिमाथि आक्रमण गरे पुग्छ अर्थात् ती विषयलाई कमजोर बनाए पुग्छ। नेपालमा पनि समय समयमा विभिन्न ढङ्गले भाषा संस्कृतिमाथि आक्रमण भइरहेको यथार्थ देख्न पाइन्छ। वास्तबमा कुनैपनि धर्म, संस्कृति अनि सम्पदालाइ प्रयोग गर्ने, सरक्षण गर्ने र आस्था प्रकट गर्ने विषयमा हरेक व्यक्तिको आफ्नै स्वतन्त्रता हुन्छ।
यदि कहिँ कतैबाट त्यस्ता विषयहरुलाई नियन्त्रण र नियमन गर्न खोजियो भने परिणाम भयानक हुने दृष्टान्त विभिन्न देशहरूबाट पनि लिन सकिन्छ ।
यस्तै क्रमबद्ध शृङ्खला अनुसार पछिल्लो समय वैदिक सनातन सभ्यताको उद्गमस्थल, संसारको शीर गोरक्षभूमि, आराध्यदेव पशुपतिनाथ परिसरमा विगत केहि वर्षदेखि निरन्तर रुपमा हुँदै आएको नित्य सन्ध्या आरती (गङ्गा आरती) को भिडियो खिचेर सामाजिक सन्जालमा राख्न नपाइने भन्ने विषयले त्यसप्रति आस्थावान् करोडौं मनहरुलाइ नराम्ररी छोएको देखिन्छ । यस्तो निर्णयको सर्वत्र विरोध पनि सुनिन थालेको छ।
भक्तहरु उक्त आरतीमा श्रद्धापुर्वक सहभागी हुने तथा निकै उल्लास एवं उमङ्गका साथमा नाच्ने रमाउने अनि श्रद्धापूर्वक उक्त दृश्यलाई आधुनिक युगको प्रविधिमार्फत सामाजिक सन्जालमा पोष्ट गर्ने गर्दछन् । के पूर्वीय धर्म एवं संस्कृतिसँग जोडिएको यस्तो विषयलाई देश विदेशमा सामाजिक सन्जालका माध्यमबाट परिचित गराउन खोज्नु अपराध नै हो त रु यस्तो धर्म र आस्थासग जोडिएको विषयलाइ अयउथचष्नजत को नियम लगाइ जो(कोहिले पोष्ट अर्थात् सार्वजनिक गर्न नपाइने निर्णय यदि साच्चै गरिएको हो भने यस विषयमा सम्बन्धित निकायले अविलम्ब पुनर्विचार गरोस् र सम्बन्धित धर्मावलम्बीहरुको आस्थालाई सम्मान गर्नु वान्छनीय देखिन्छ।
हुन त यो कुरो विभिन्न मिडियाहरुबाट बाहिर आइसके पछि पशुपति क्षेत्र विकास कोषले त्यसको खण्डन गर्दै आफुलाइ बचाउ पनि गरेको छस यद्यपि उक्त निकायले सुरुमा कुनै एउटा प्रालिलाइ मात्रै अधिकार दिएका प्रमाणहरु बाहिर आउँदा निस्केका विरोधका स्वरहरुलाइ मत्थर पार्नकै लागि खण्डन गरेकोजस्तो पनि देखिन्छ ।
प्रतिलिपी अधिकार ऐनले गरेको व्यवस्थालाई नजरअन्दाज यदि गरिएको हो र नेपाली भव्य संस्कृतिलाइ विश्वसामु चिनाउने क्रममा कोहिकसैले सामाजिक संजालको व्यवस्थित ढंगले प्रयोग गर्दै गर्दा पनि नियोजित रुपमा यस्तो निर्णय गरिएको हो भने पशुपति क्षेत्र विकास कोषले निर्णय सच्याउनु आवश्यक देखिन्छ ।
आफ्नो भाषा अनि सस्कृति सबैलाई अत्यन्तै प्यारो लाग्छ। केहिसमय पहिले गुठीको विषयमा सरकारले अपरिपक्व निर्णय लिंदा जेजस्तो नसोचेको परिणाम देखियो र अन्ततोगत्वा उक्त निर्णयबाट सरकार बाध्य भइ पछाडि हट्नुपरेको अवस्था थियो ।अतस् कुनैपनि धर्म, संस्कार अनि सस्कृतिको विषयलाई हचुवाको भरमा नियमन गर्ने प्रयास उपयुक्त देखिदैन।
उक्त विषयमा सम्बन्धित निकायले स्पष्टीकरण दिनु अत्यन्तै आवश्यक पनि रहेको छ।












