back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

माइतीघरको निषेधित क्षेत्रबाट डा.गोविन्द केसीसहित ७ जना पक्राउ

spot_img

काठमाडौं । प्राडा गोविन्द केसीसहित ७ जनालाई माइतीघरबाट प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञा तोड्ने प्रयास गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन,नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्नुपर्ने  लगायतका  माग राख्दै माइतीघरमा धर्ना दिन पुगेका उनीहरूलाई प्रहरीले प्रकाउ गरेको डा केसीका सहयोगी प्रितम सुवेदीले बताए।

शान्ति सुरक्षा कायम गर्नका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन एने, २०२८ को दफा ६ को उपदफा (३क) माइतीघर, नयाँ बानेश्वर क्षेत्रमा यही मङ्सिर ४ गतेदेखि निषेधाज्ञा तोकेको छ।

सुरुमा ३० दिनसम्मका लागि तोकिएको निषेधाज्ञा लगातार बढाइएको छ। निषेधाज्ञामा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइनेछैन।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?