विवादित भएपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध, अर्को सूचना निकालिने

काठमाडौं । त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्ध भएको जनाएको छ ।

समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । सूचनामा उल्लेख गरिएको प्रावधानबारे विवाद भएपछि रद्भ गरिएको हो ।

शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेस गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोहीअनुसार पुरानो प्रक्रिया रद्भ भएको हो ।

अब अर्को सूचना जारी भएपछि मात्रै त्रिविमा उपकुलपति नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?