सन्धिखर्क । अर्घाखाँचीमा दाजुभाइले स्वर्गीय बुबाआमाको सम्झनामा अक्षय कोष स्थापना गरेका छन् ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने निर्माण व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष बसन्त भुसाल र साथी बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले १० लाखको अक्षय कोष स्थापना गरेका हुन् ।
स्वर्गीय बुबाआमा भोजराज भुसाल र पवित्रा भुसालको स्मृतिमा बुबाको पहिलो वार्षिक पुण्यतिथिमा साथी बचत तथा ऋण सहकारी संस्थामा उक्त अक्षय कोष स्थापना गरिएको हो । १० लाख वार्षिक व्याजबाट दुःखी, गरिबलाई सहयोग, जटिल प्रकारका रोग लागेकालाई उपचार खर्च लगायत विभिन्न सामाजिक कार्यमा खर्च गरिने जनाएको छ ।