रामेछाप : सभापति श्रेष्ठको स्मृतिमा शोकसभा सम्पन्न

काठमाडौं ।
नेपाली काङ्ग्रेस, रामेछाप-काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको १३ओैँ दिनको पुण्यतिथिमा नेपाली काङ्ग्रेस रामेछाप काठमाडौँ सम्पर्क समितिद्वारा आज शोकसभा सम्पन्न गरियो । सनराइज क्याफे मध्यवानेश्वरमा उक्त कार्यक्रम गरिएको थियो ।

उपसभापति तथा कार्यवाहक सभापति प्रदीपकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त सभामा नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । विशिष्ट अतिथिका रूपमा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य तथा सम्पर्क-विभाग प्रमुख नानू वास्तोला , रामेछाप काठमाडौँ सम्पर्क समितिका संस्थापक अध्यक्ष , नेपाली काङ्ग्रेसका पूर्व प्रमुख सचेतक, पूर्वमन्त्री तथा पूर्व जिल्ला सभापति लक्ष्मणप्रसाद घिमिरे , नेपाली काङ्ग्रेस रामेछापका जिल्लासभापति तथा माननीय पूर्णबहादुर तामाङ् ´कान्छाराम` , ने.का. रामेछापका पूर्वपाटी सभापति रामचन्द्र खड्का, वाग्मती प्रदेश सदस्य अर्जुन केसी , सम्पर्क समितिका पूर्वसभापति शिव श्रेष्ठलगायत रामेछापका थुप्रै नेतृगण तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । त्यसैगरी राजनारायण श्रेष्ठकी धर्मपत्नी , दाजु हरिनारायण श्रेष्ठ र छोराछोरीहरूको समेत उपस्थिति रहेको उक्त सभामा आयोजक सम्पर्क समितिका तर्फबाट उपसभापति सुजन काफ्लेले राजनारायण श्रेष्ठको व्यक्तित्व प्रकाशपूर्वक समवेदना तथा श्रद्धाञ्जलि प्रकट गर्न समुपस्थित सभालाई सम्बोधन गरेका थिए ।
आज आयोजित सभाको सञ्चालन तथा उद्घोषण समितिका सचिव शुकदेव खड्काले गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?