गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेदेखि

पर्वत गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ।

यसअघि पुस २६ देखि २८ गतेसम्म तय भए पनि जिल्लास्तरीय प्रतियोगिता निर्धारित समयमा पूरा हुन नसक्दा प्रतियोगिता फागुनमा सारिएको हो। प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिताको समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले यो निर्णय गरेको हो।

प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिता पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारिएको सदस्य सचिव शर्माले बताए। ‘हामीले पुस १५ गतेसम्म जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएका थियौँ’ उनले भने, ‘बागलुङ, म्याग्दी, लमजुङ, र पर्वतमा समयमा प्रतियोगिता हुन सकेन। त्यसैका कारण हामीले फागुनमा गर्ने निधो गरेका हौँ।’

बैठकले नवलपुरका विभिन्न आठ वटा स्थानीय तहहरूबाट प्रतिबद्धता भएको रकम माघ १५ गते सम्म प्राप्त भएमा राष्ट्रपति रनिङ शिल्ड नवलपुरमा नै आयोजना गर्ने निर्णय गरेको छ। स्थानीय तहहरूबाट  प्रतिबद्धता भएको ३० लाख प्राप्त नभएमा प्रतियोगिता कास्कीमा नै हुने छ।

यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधि समेत संशोधन भएको, खेलाडी समेत थप भएका र समय समेत थप्नुपर्ने बाध्यता रहेकोले प्राप्त सशर्त अनुदानको रकम थप गर्न राष्ट्रिय खेलकुदसँग थप बजेट माग गर्ने निर्णय पनि गरेको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छ वटा खेलहरू आयोजना हुने गरेका छन्। प्रतियोगिता अन्तर्गत छात्र–छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, उसु, कराँते र तेक्वान्दो हुने छन्।

नवलपुरमा प्रतियोगिता आयोजनाका लागि परिषद्ले गठन गरेको अध्ययन समितिले एथलेटिक्स नवदुर्गा खेल मैदान कावासोती, भलिबल देवचुली, तेक्वान्दो गैँडाकोट, उसु र कबड्डी कावासोतीमा तथा कराँते मध्यविन्दुमा गर्ने गरी तय गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?