बंगलादेशमा शेख हसिनाको पार्टीले जित्यो २२३ सिट

काठमाडौं । बंगलादेशमा प्रधानमन्त्री एवं अवामी लिगकी अध्यक्ष शेख हसिना लतागार चौथो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले अत्याधिक बहुमत प्राप्त गरेको छ।

हसिनाले हिजो भएको निर्वाचनमा गोपालगञ्ज–३ सिटमा भारी जित हासिल गरेकी छिन्, उनको आठौं कार्यकालका लागि संसद सदस्य बनेकी छन्। उनको पार्टीले २२३ सिटमा जित हात पारेको छ । ।

शेख हसिना बंगलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुने प्रधानमन्त्री हुन्। उनको पाँचौं कार्यकाल र लगातार चौथो कार्यकाल पनि हो।

प्रधानमन्त्रीले २ लाख ४९ हजार ९६२ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद अतीकुर रहमानले ६ हजार ९९९ र अर्का उम्मेदवार महाबुर मोल्लाहले ४२५ मत प्राप्त गरे।

संसदमा प्रमुख प्रतिपक्षी दल जापा–इरशादले ११ सिट, बंगलादेश कल्याण पार्टीले एक सिटमा जित हासिल गरेको छ भने ६२ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। राष्ट्रिय समाजतान्त्रिक दल र बंगलादेशको वर्कर्स पार्टीले डुङ्गा चिन्ह लिएर चुनाव लडेकाले एक–एक सिट जितेका छन्।

 निर्वाचनमा २८ दर्ता भएका राजनीतिक दल र स्वतन्त्रका एक हजार ९६० उम्मेदवारले भाग लिएका थिए।

दुई शक्तिशाली महिला नेतृहरु अवामी लिगकी अध्यक्ष प्रधानमन्त्री शेख हसिना र विपक्षी दल बीएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाबीचको वैमनस्यताले बंगलादेशको राजनीति अस्थिर रहँदै आएको छ।

२०१८ मा अदालतले जियालाई भ्रष्टाचारका दुई फरक मुद्दामा दोषी ठहर गर्दै १७ वर्षको जेल सजाय सुनाएको थियो। नाजुक स्वास्थ्य अवस्थाका कारण हाल उनी घरमै नजरबन्दमा छिन्।

 प्रमुख प्रतिपक्षी र अन्य केही साना दलको बहिष्कारका बीच बंगलादेशमा न्यून मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार बंगलादेशमा ४० प्रतिशत मत खसेको थियो। बंगलादेशमा करिब १२ करोड मतदाता छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?