युवा ज्योतिष घिमिरे सम्मानित

काठमाडौं । नेपाल ज्योतिष परिषद्को २६ औं वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा युवा ज्योतिष अनन्तप्रसाद घिमिरेलाई सम्मान गरिएको छ । काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

अर्घाखाँचीको पाणिनिमा जन्मिएका घिमिरेले ज्योतिषविधाको माध्यमबाट समाज तथा परिषद्‌मा पु(याउनुभएको योगदान एवम् परिषद्को श्रीवृद्धि र सङ्गठन विस्तारका लागि निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नेपाल ज्योतिष परिषद्, केन्द्रले जनाएको छ ।

ज्योतिष विषयमा आचार्य तथा नेपाली विषयमा स्नातकोत्तर तह उतीर्ण गरेका घिमिरे हाल विभिन्न शिक्षण संस्थाहरुमा अध्यापन कार्यमा संलग्न रहनुका साथै ज्योतिष क्षेत्रमा समेत क्रियाशील रहेका छन् । नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेशको उपमहासचिव पदको जिम्मेवारी लिएका घिमिरेले ज्योतिष विधालाई आधुनिक प्रविधिसँग जोडेर समायानुकुल बनाउदै जानुपर्नेमा विशेष जोड दिन्छन् ।

ज्योतिष शिक्षा आफैमा विज्ञान भएकाले यसलाई व्यवस्थित र समयानुकूल बनाउनु वर्तमान समयको माग एवं आवश्यकता रहेको उनको भनाइ रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?