बाग्मती, कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली : तराईमा हुस्सु र कुहिरो

काठमाण्डाै । आज बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ ।

बिहान काठमाण्डौ उपत्यकासहित कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको र बाँकी अरु ठाउँमा सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो । आज शून्य दशमलव ४ डिग्री घटेको हो । तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाले तराई/मधेस क्षेत्रको मौसमी अवस्थालाई विश्लेषण गरी शीतलहर घोषणा गर्ने तयारी गरेको छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कोशीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने पूर्वानुमान छ ।

नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?