भालुवाङमा दुर्घटना अपडेट : १२ जनाको मृत्यु, २३ घाइते

काठमाडौं । दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा ११ पुरुष र एक महिलाले ज्यान गुमाएका हुन्।

काठमाडौंको चन्द्रागिरीका ताराकान्त पाण्डे, बाँके नेपालगञ्जका ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो। यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।

मृतकमध्ये चारजनाको सनाखत हुन बाँकी रहेको कार्यालयकी प्रहरी जवान रेनु बोहराले जानकारी दिइन्। घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताइन्।

घाइतेमध्ये १४ जनाको कोहलपुर अस्पताल, सातजनाको  बुटवल​मा र दुईजनाको भालुवाङमा उपचार भइरहेको छ। चालक सकुशल रहेको र  नियन्त्रणमा रहेको बोहराले जानकारी दिइन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?