‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’ को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न

दोहा, कतार । गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ । शुक्रबार प्लाजा मलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न प्रतियोगिताबाट गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट चुनिएका छन् ।

गायन विधाबाट छानिएका प्रतियोगिहरु दीपक कुमार घले (भोटिङ नं. १), इशान रेग्मी (भोटिङ नं. २), सुजन गुरुङ (भोटिङ नं. ३), मानसिङ परियार (भोटिङ नं. ४) र रुस्तम तामाङ (भोटिङ नं. ५) रहेका छन् । त्यस्तै नृत्य विधाबाट जुनु माया कुमाल (भोटिङ नं. १), सरोज लामा (भोटिङ नं. २), निरु श्रेष्ठ (भोटिङ नं. ३), झरना राई (भोटिङ नं. ४) र सौजन चहार (भोटिङ नं. ५) रहेका छन् । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको तेस्रो चरणमा अतिथि निर्णायकको भूमिकामा गायक तथा संगीतकार प्रभात त्रिपाठी रहेका थिए ।

त्रिपाठीले सहभागीहरूले प्रवासमा रहेर पनि नेपाली कला संस्कृतिको प्रवर्द्धनका लागि गरेको सराहनीय कार्यको प्रशंसा गरेका थिए । उनले गीतसंगीत सागर रहेको र सबैमा सरस्वतीको बास नहुने बताए । कसैले गीतसंगीत सिकेर अगाडि बढ्न चाहेमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संगीत कक्षाहरू सञ्चालन गरेको बताउँदै उनले सिक्नका लागि अवसर खुला रहेको बताए ।त्रीपाठि लोक तथा दोहोरी गित प्रतिष्ठान कतार शाखाका प्रमुख संरक्षक पनि रहेका छन् । उनले सहभागीहरूलाई सांगीतिक तथा व्यक्तिगत जीवनमा प्रगतिको कामना गरेका थिए ।

प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् । निर्णायकहरुले प्रतियोगीलाई संगीत सिक्दै र फरक–फरक जनरामा रहेर अभ्यास गर्दै अगाडि बढ्न सुझाव दिएका थिए । पर्यवेक्षकद्वय बुधबल गुरुङ र क्रान्ति सिंहले कार्यक्रम अवधिभर निरीक्षण तथा सहभागीलाई सुझाव राखेका थिए ।

एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा बोल्दै एनसीसी कतारका अध्यक्ष रमेश भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे । उनले फिनालेमा पुग्ने प्रतिस्पर्धीहरुलाई शुभकामना दिँदै जो प्रतियोगिताबाट बाहिरिए पनि नतिजालाई सकारात्मक रूपमा लिँदै थप मेहनत गरेर संगीत क्षेत्रमा निरन्तर लागिरहन शुभेच्छा प्रकट गरेका थिए । कार्यक्रममा आयोजक संस्था तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङसहित एनआरएनए आईसीसीका विभिन्न तहका व्यक्तित्वको विशेष आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार भनें नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फेब्रुअरी २, २०२४ मा हुने ग्राण्ड फिनालेका लागि अतिथि निर्णायक सहित आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई नेपालबाट कतार ल्याउन पहल भइरहेको आयोजकले जनाएका छन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?