काठमाण्डाै । आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र पहाडी क्षेत्रमा माैसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका धेरैजसो ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँमा आज मौसम सफा नै छ ।
भोलि सोमवार भने गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।