back to top
IPL 2025
IPL 2024
५ असार २०८२, बिहिबार
५ असार २०८२, बिहिबार
IPL 2025
spot_img

भूमिकास्थान नगरपालिकाको छैटौं नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

spot_img

हृदय भुसाल,
अर्घाखाँची ।
भुमिकास्थान नगरपालिकाको आयोजनामा आजदेखी  नगरस्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भुमिकास्थान-८  रातापोखरामा सुरु भएको छ ।

रनिङ शिल्ड प्रतियोगिताको एक कार्यक्रमका बिच नगरप्रमुख झबिलाल थापाले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख थापाले राष्ट्रका लागी, स्वास्थ्यका लागी, एकताका लागी र पहिचानका लागी खेलकुद प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । प्रमुख थापाले प्रतियोगितालाई मर्यादित,स्वच्छ,र ब्यबस्थित बनाउने गरि विशेष योजनाका साथ नगर अगाडि बढेको भन्दै अब सबै पक्ष बिकास र समृद्धिका लागी एक भयर अगाडी बढ्नु पर्ने बताए ।

नगरप्रमुख थापाले अब बिद्यार्थीले खेलकुदसगै अन्य बिधामा चौतर्फी रुपमा ध्यान दिनुपर्ने बताए । शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुँदाहुँदै पनि बढ्दो बसाईसराई र बिदेश पलायनको ठुलो समस्या देखिएको भन्दै मेयर थापाले राज्यको कम ध्यान पुगेको हुँदा राजनीति दल जनप्रतिनिधि सबै सरोकारवालाहरुले गहिरो छ्लफल, मनन गरि, गहिरो तबरले अगाडी बढ्नु पर्नेमा जाेड दिए ।

कार्यक्रममा पुर्ब नगरप्रमुख रेशम थापाले बिकास,समृद्धि र सुशासनको सबालमा आफ्नो सधैं साथ रहने बताए । उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष प्रेम आले लगायतले मनतब्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्य, जिल्ला समन्वय समिति सदस्य झुपलाल खनाल, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न वडा अध्यक्ष, शिक्षक संघसंगठनका प्रमुख तथा प्रतिनिधि, शिक्षक,कर्मचारी बिधालय व्यवस्थापन समिती, खेलप्रेमी, पत्रकारहरुको रहेको आथित्यता रहेको थियो ।

पालिका भित्रका १३ वटा बिधालयको सहभागीता रहने प्रतियोगितामा खेलका विभिन्न बिधाहरुमा ३ दिन सम्म खेलाईने भएको छ । उक्त खेलकुद प्रतियोगितामा रेफ्री, एम्पायर हरुलाई प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यबाट सफथ ग्रहण गराई कार्यक्रम अगाडि बढेको आयोजकले जनाएको छ l

कार्यक्रम नगरप्रमुख झबिलाल थापाको अध्यक्षता,शिक्षा तथा खेलकुद शाखा प्रमुख तुबलाल सपकोटाको स्वागत र शेसकान्त घिमिरे ओशनको संचालनमा सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

spot_img

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?