back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु 

spot_img

बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्रिबस दाङको रिहार नजिकैको जङ्गलमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

Workplace

दाङको लमही नगरपालिका वडा नं ९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जङ्गल क्षेत्रमा प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) जनकबहादुर मल्लका अनुसार दुर्घटनामा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ। 

डीएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किँदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो । ‘बस जङ्गल क्षेत्रको सडकको भित्तामा ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनामा चालक मात्रै घाइते छन्। बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। 

मृतक दुबै जनाको पोस्टमार्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?