बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु 

बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्रिबस दाङको रिहार नजिकैको जङ्गलमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

दाङको लमही नगरपालिका वडा नं ९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जङ्गल क्षेत्रमा प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) जनकबहादुर मल्लका अनुसार दुर्घटनामा परी बर्दियाको गेरुवा गाउँपालिकाका – १ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको छ। 

डीएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किँदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो । ‘बस जङ्गल क्षेत्रको सडकको भित्तामा ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनामा चालक मात्रै घाइते छन्। बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। 

मृतक दुबै जनाको पोस्टमार्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?