back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, उच्च भूभागमा हिमपातको सम्भावना

spot_img

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (सोमबार बिहान) देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

Workplace

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले आज पनि दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान महाशाखाले गरेको छ। विगत केही दिनदेखि शीतलहरसँगै हुस्सु र कुहिरो लाग्दा तराई मधेशको जनजीवन कष्टकर बनेको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन। तर, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार पनि देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहेन र बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने अनुमान महाशाखाको छ। बधुबार पनि देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?