बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित

हेटौंडा । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चार जना उम्मेद्वार निर्वाचित भएका छन् ।

राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।

अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६५३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६६२२ मतभार पाएर निर्वाचित भए । अपाङ्गतारअल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रका अधिकारीले ६३८३ र दलित क्लस्टरमा एकीकृत समाजवादीका रिजालले ६५१२ मतभार पाएर निर्वाचित भएका निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका(४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा ११० सदस्यीय बागमती प्रदेश सभातर्फ १०८ जना प्रदेश सभा सदस्य र स्थानीय तहका २३७ जना मतदातामध्ये २३४ जनाले मतदान गरेका थिए । मतदानमा ५ जना मतदाता अनुपस्थित थिए ।

बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा थिए । नेकपा एमालेबाट अन्यमा काठ्माडौंका विवेक देवकोटा, महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाईं, दलित क्लस्टरमा धादिङ्का ध्रुव विश्वकर्मा र अपाङ्ग क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार थिए ।

राप्रपाबाट अन्य क्लस्टरमा काठ्माडौंका हेमजंग गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्ट उम्मेदवार थिए ।

नेपाल मजुदर किसान पार्टीबाट अन्य क्लस्टरमा काठमाडौंका श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा भक्तपुरकी कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा भक्तपुरकी संगीता नेपाली उम्मेदवार थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?