नेपाल व्यवसायी संघ कतारको दोस्रो साधारणसभा सम्पन्न अध्यक्षमा पुन: चाम्लागाई

दोहा कतार । कतार स्थित नेपाली व्यवसायीहरुको एकजुटता लगायत समग्र नेपाली समुदायको हकहितका खातिर सन २०१८ मा स्थापित “नेपाली व्यवसायी संघ कतार” को दोस्रो साधारण सभा शुक्रबार दोहा स्थित होटल दि वेष्टीनमा सम्पन्न भएको छ । कार्यक्रम संघका अध्यक्ष महेन्द्र चाम्लागाईँको सभापतित्व साथै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

दुई चरणमा सम्पन्न भएको साधारण सभाको बन्दसत्र मार्फत महेन्द्र प्रसाद चम्लागाई पुन: अध्यक्षमा सर्वसम्मत भएका छ्न भनें कार्यसमितिको उपाध्यक्षहरूमा नरेन्द्र बहादुर भाट, राजेन्द्र कुमार शर्मा (आर.के.), राजु रेग्मी (राज), प्रकाश कोइराला र रमेश भट्ट, महासचिव शंकर न्यौपाने, सचिवहरूमा सुनिल कुमार घिमिरे, राजेन्द्र देवकोटा र पूर्ण बहादुर पोखरिया, कोषाध्यक्षमा चुडामणी कार्की र सहकोषाध्यक्ष राम कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा क्रान्ति सिंह, रामु रेग्मी, राम चन्द्र पन्थ, कमल प्रसाद न्यौपाने, टंक बहादुर खड्का (अर्पण), श्रीकृष्ण भट्टराई, राकेश श्रेष्ठ, मञ्जु खनाल, नारायण प्रसाद शर्मा र वसिम अक्रम गरी १० जना निर्वाचित भएका छन् भने ३ जना सहदस्यहरु अध्यक्षको सिफारिसमा कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्नेछ । उक्त कार्यसमिति सदस्यहरूमध्येबाट आफ्नो सिफारिसमा एक जना प्रवक्ता मनोनयन गरिने अध्यक्ष चम्लागाईंले समाचा पोस्टलाई जानकारी दिए । नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक बद्री प्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए l

साधारण सभाको खुल्ला सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले संघद्धारा गरिएका कार्यहरुको चर्चा गर्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए । ढकालले जुनसुकै कार्य गर्दा पनि इमान्दारीतालाई पहिलो प्राथमिकतामा राखेर काम गरे सफल भइने भन्दै आगामी दिनमा पनि महासंघ र नेपाल उधोग वाणिज्य संघ बीच परस्पर सहकार्य अपरिहार्य रहेको बताए ,ताकी नेपाल सरकार द्धारा मान्यता प्राप्त व्यवसायीहरुलाई नेपाल सरकार कै अर्को निकायले पहिचान नगर्ने व्यवहारलाई चिर्न सजिलो होस ।’

नेपाली दुतावास कतारका कार्यवाहक राजदूत कुमार राई, नेपाल व्यवसायी संघ कतारका संरक्षक संयोजक डा. देव काजी डंगोल, संरक्षक बद्री प्रसाद पाण्डे, माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, संघ कतारका सल्लाहकार लगायत विभिन्न तह र तप्काका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो l

यसै बीच संघले संस्था स्थापनाकाल देखि हाल सम्म अनवरत रुपमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै निवर्तमान महासचिव रमेश भट्ट, सचिव सुनिल कुमार घिमिरे, प्रचार प्रसार विभाग उप-प्रमुख एवं मिडिया संयोजक दिपजंग शाह ठकुरी र प्राविधिक तर्फ संघ भन्दा बाहिर भए पनि संघलाई पुर्याएको योगदानको उच्च कदर गर्दै नवराज श्रेष्ठलाई मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरेको थियो ।

संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्य सङ्गै संघका महासचिव रमेश भट्टले सहजिकरण गरेको कार्यक्रममा अर्जुन कुंवर, रेश्मी सेन्चुरी, एन्जल राई, ललिता लामा लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रममा थप रौनकता थपेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?