back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

गुलाबको दुःख

spot_img

गुलावको दुःख
उसकै बोटमा छ,
ऊ काँडाहरु संग फुल्नुपर्छ !
टिपिएपछि
मानिसको हातमा पुग्नुपर्छ

हात-हात हुनुपर्छ,
गुलाबको दुःख मानिसको हातमा छ !
केही समझदारी भनिएलान्
केही सहमति कबोलिएलान्
अलिकति वासनाको मेल होला
अलिकती पैसाको खेल पनि चल्ला,
शरीरहरुको सट्टापट्टामा
बडो नमज्जा संग
च्याँपिन्छ गुलाब
गुलाबी बिस्तरामा,
गुलाबको दुःख बन्द कोठा भित्र छ !
अन्त्यमा फ्याँकिन्छ गुलाब
डस्टबिनको टोकरीमा

सकिन्छ गुलाबको दुःख !
यसरी पाउँछ गुलाबले मुक्ति !
…..
पख्नोस्,
अझै बाँकि छ गुलाबको दुःख !
डस्टविनको अर्को कुनामा
भर्खरै मात्र प्रयोग भएको कण्डम छ !
ऊ बोल्छ-
तेरो र मेरो
यहाँ सम्मको कहानी एउटै हो गुलाब !
फरक यत्ति हो-
मैले बरु केही रोक्न/छेक्न सक्छु,
तैंले त त्यो पनि सक्दैनस् !!
……
गुलाबको दुःख गुलाब हुनुमै छ !!!
✍️हेमन्त गिरी

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?