ईन्डो नेपाल कराते च्याम्पियनसिप : खेलाडी तथा प्रशिक्षकलाई बुटवलमा सम्मान 

बुटवल । नेपालको प्रतिनिधित्व गर्दै ईन्डो नेपाल कराते च्याम्पियनसिपमा पदक विजेता दुई खेलाडी तथा प्रशिक्षकहरुलाई बुटवलमा सम्मान गरिएको छ ।

बुटवल १३ स्थित एलबि नमुना एकेडेमीका दुई छात्रा र दुई प्रशिक्षकहरुले पदक जितेको खुशियालीमा शुक्रबार नगर परिक्रमा सहित सम्मान गरिएको हो । भारतको तेलंङ्गना प्रदेश करिमनगरमा भएको प्रतियोगिताको सिनियर ब्यक्तिगत कातामा मनिष पाण्डेले स्वर्ण, सिनियर टिम काता छात्रामा यमुना भट्टराई र स्मृति पाण्डे, सिनियर टिम काता पुरुषमा मनिष पाण्डे र अनुपम ज्ञवाली तथा कुमुते छात्रामा यमुना भट्टराई सेकेन्ड र स्मृति पाण्डे तेस्रो स्थान हासिल गरेका थिए। छात्रा स्मृति पाण्डे र रबिना भट्टराई कक्षा ९ मा अध्ययनरत छन । यसैगरि मनिष पाण्डे र अनुपम ज्ञवाली प्रशिक्षक हुन ।

कार्यक्रममा विद्यालयका प्राचार्य मुकुन्दराज उप्रेतीले विद्यार्थीहरुबाट अन्तरास्ट्रिय मंन्चमा सफलता हासिल गरेर विद्यालयको गौरव बढाएको बताए । विद्यार्थीहरुमा नियमित अभ्यास कै कारण अन्तराष्ट्रिय स्तरमा पदक जित्न सफल भएको उनले बताए । विद्यालयमा जिम्मेवारी दिएरै प्रत्येक शुक्रबारलाई रचनात्मक दिनका रुपमा विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए। पदक विजेता खेलाडीहरुलाई हौसला बढाउने गरि प्रचारात्मक रुपमा परिक्रममा गरिएको उनले बताए । दुबै छात्राहरु खेलमात्र नभई पढाईमा समेत अब्बल रहेको उनले बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदमराज बश्यालले ओझेलमा परेको विद्यालय शैक्षिकसंगै खेलकुद, नृत्य लगायत गतिविधिमा समेत उत्कृष्टता हासिल गर्दै आएको बताए । विद्यालयमात्र नभई रुपन्देही र नेपालकै झण्डा फहराउन सफल भएको उनले बताए । खेलाडी राष्ट्रका गहनाका रुपमा मानिने हुदा पनि उनिहरुलाई ब्यावसायिक बनाउने गरि लाग्नुपर्ने उनले बताए ।

विद्यालयका पुर्व विद्यार्थी तथा प्रशिक्षक मनिष पाण्डेले नेपाल गोजुरियो कराते संघ अन्तरगत रहेर नियमित अभ्यास गराईदै आएको बताए । सफलता हासिल गरेको बताए । ३ र ४ फ्रेब्रअरीमा भएको प्रतियोगितामा ३ विधामा ८ सय खेलाडीहरु सहभागी रहेका थिए ।

कायृक्रममा खेलकुद संयोजक कृष्ण केसीले विद्यालयमा अहिले प्रशिक्षक नियुक्त गरेर नै नृत्य र कराते खेल प्रशिक्षण हुँदै आएको छ । त्यसैगरि क्रिकेट कोभिड संक्रमणबाट रोकिएको र निकट भविष्यमा फेरि संचालन गर्ने तयारीमा रहेको उनले बताए । विद्यालयमा ३० जना छात्रछात्राहरु नियमित प्रशिक्षणमा रहेका छन । विद्यालयमा ७ सय ५० जना विद्यार्थीहरु अध्ययरत छन भने ४० जना शिक्षक कर्मचारी कार्यरत छन

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?