back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

अप्सरा : जिल्लाकै पहिलो मुस्लिम महिला सरकारी जागिरे

spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्लामा कार्यरत स्टाफ नर्स अप्सरा अलि अर्घाखाँची जिल्ला कै पहिलो मुस्लिम महिला सरकारी जागिरे हुन् । अप्सरा मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने जिल्ला कै पहिलो महिला हुन जो सरकारी सेवामा छिन् । उनी जिल्लामा मात्र होइन, लुम्बिनी प्रदेश भरमै आफ्नो समुदायको अग्रपंक्तिमा गनिन्छिन् ।

‘पढेर जागिर खानुपर्छ भन्ने मान्यता हाम्रो समुदायमा खासै देखिदैन् तर, खै किन हो मलाई सरकारी सेवाप्रति नै लगाव भयो ।’

बिं.सं २०५२ सालमा जन्मिएकी अप्सराको घर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोला पर्छ । बाल्यकालदेखि नै अध्ययनमा लगनशिल अप्सरा सानैबाट सरकारी जागिरे हुने सपना देख्थिन् । मुस्लिम समुदायका मानिस प्रायः ब्यापारमा बढी सक्रिय देखिन्छन तर अप्सरा आफ्नो सपनामा दृढ थिईन् । उनी भन्छिन्, ‘पढेर जागिर खानुपर्छ भन्ने मान्यता हाम्रो समुदायमा खासै देखिदैन् तर, खै किन हो मलाई सरकारी सेवाप्रति नै लगाव भयो ।’

२०६६ सालमा स्थानिय जनज्योति माबीबाट एसएलसी उत्तीर्ण गरेकी अप्सराले २०७१ सालमा लुम्बिनी हस्पिटल एण्ड टेक्नलोजी कलेजबाट पूर्ण छात्रवृत्तिमा ९२ प्रतिशत अंक लिएर प्रथम हुँदै स्टाफ नर्स पास गरिन् ।

धेरै जसो मानिसहरु अध्ययन पश्चात् सफल हुन्छन भन्ने हुदैन, तर सरकारी सेवालाई प्रमुख लक्ष्य मानेर अघि बढेकी उनले २०७३ सालमा लोकसेवाले लिएको परीक्षामा खुल्ला रूपमा प्रतिस्पर्धा गरिन र पहिलो नम्बरमा नाम निकाल्न सफल भइन् ।

जागिरको शिलशिलामा कपिलवस्तु, रुपन्देही, गुल्मी हुँदै हाल उनी आफ्नै गृह जिल्ला अर्घाखाँचीमा कार्यरत छिन् । आफ्नो लक्ष्य प्रती दृढ संकल्पित भएर अथक मेहनत र परिश्रम गरे हरेक काममा सफल हुने उनको भनाई छ । “मेहनत र लगन भयो भने सफलताले समुदाय, जात वा लिङ्ग हेर्दैन, हार मान्नु हुदैन” उनीले भनिन् ।

अहिले उनी तलबी बिदामा पूर्ण छात्रवृत्ति कोटामा महाराजगंज नर्सिङ क्याम्पस टिचिङ अस्पताल काठमाण्डौमा बि.एन.एस पढिरहेकी छिन् । उनको अहिले अध्ययनको अन्तिम वर्ष चलिरहेको छ ।

उनी आफ्नो पेशाप्रती जिम्मेवार हुँदै बिरामी र असहायहरुको सेवामा रमाउने गरेको बताउछिन् ।

** सम्पादन गरिएको – प्रधान सम्पादक
spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (69%)
  • दुःखी (0%)
  • अचम्मित (19%)
  • हाँस्यास्पद (13%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?