अर्घाखाँची । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले फास्ट ट्रयाकबाट भएपनि प्रदेश निजामती नियमावली ल्याउने गरि प्रदेश सभा लागिरहेको बताएका छन् ।
सन्धिखर्कमा सञ्चालन भएको लुम्बिनी प्रदेश सभा र स्थानीय तहबीच कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै सभामुख घर्तिमगरले यस्तो बताएका हुन् । उनले लुम्बिनी प्रदेशले हालसम्म ७६ वटा कानुन निर्माण गरिसकेको बताउँदै प्रदेश निजामती सेवा ऐन अध्यादेशबाट भएपनि छिटै ल्याउन लागिएको धारणा राखे ।
नेपाली समाज र भौगोलिक बनावटका हिसाबले संघीयता निर्माण भएको बताएका छन् । स्थानीय सरकारले संघ र प्रदेशसँग समन्वय गरेर कानुन निर्माण गर्नुपर्ने बताए ।