नवीन के.सी,
अर्घाखाँची । प्रश्न पत्रको गोपनीयता कायम नगर्ने शिक्षकलाई मालारानि गाउँपालिकाले निलम्बन गरेको छ।
बाल शिक्षा माध्यमिक विद्यालय मा कार्यरत शिक्षक बुद्धि बहादुर विकलाई आज बसेको कार्यपालिका बैठकले १ महिनाको लागि निलम्बन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
पालिका भित्र रहेका शिक्षक संघ संगठनहरुले प्रश्न पत्रको गोपनीयता कायम नभएको विषयमा सत्य तथ्य छानबिन गर्न विज्ञप्ती मार्फत गाउँपालिकाको ध्यान आकर्षण गराएका थिए ।