प्रधानमन्त्रीसँग भेटेपछि जग्गा फिर्ता हुने सुकुम्बासीको आश

महोत्तरी । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिएको पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उनमा आश पलाएको हो ।

‘करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछ’, सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भने, ‘प्रधानमन्त्रीले छानबिन आयोग बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएपछि आशा पलाएको छ।’

रातु नदीको नदीउकास क्षेत्रमा २००० सालदेखि बसोबास गर्दै आएका आदिवासी थारू एवं मुसहर, बाँतर, चमार, खत्बेलगायतका दलित परिवारका  चौथो पुस्ताका सन्तान यहाँ बस्छन् । २०५१ सालमा सरकारले सुकुम्बासी समस्या समाधान आयोग बनाएर लालपुर्जा दिने आश्वासन दिएको थियो । आफ्नो जग्गा  अर्कैको नाउँमा दर्ता भएको थाहापाएपछि उनीहरु निराश छन् ।

‘पहिला चालै पाइएन, १०–१२ वर्षपछि नचिनेका बाहिरी व्यक्ति मेरो जग्गा भन्दै आउन थाले’, सो बस्तीकी ७५ वर्षीया रामसुनरदेवी थारू भन्छन्, ‘अनि जग्गाबारे खोजीनीति हुन थाल्यो ।’ प्रधानमन्त्री स्वयंले तत्परता लिएभएपछि  जग्गाबारे खोजबिन हुने विश्वास बढेको उहाँको भनाइ छ ।

थारूटोल बनरामा चार पुस्तादेखि घरझुप्रा बनाएर बसोबास गर्दै र पर्ति जग्गा खनजोत गर्दै आएका १८७ परिवारको जग्गा जति अर्कैको नाउँमा दर्ता भएपछि बिचल्ली भएको छ । ‘हाम्रो टेक्ने समाउने केही आधार रहेन’, स्थानीय जयकरण बाँतर भन्छन्।

सुकुम्बासीले बिहीबार प्रधानमन्त्री दाहालसँग भेटघाट गरेका थिए । थारूटोल बनराको सुकुम्बासी बस्तीको जग्गा दर्ताबारे छानबिन, जग्गा दर्ता गराउने अधिकारी र भूमाफियालाई कारबाही, बाहिरी व्यक्तिका नाममा दर्ता भएको स्वामित्व खारेजीर घरझुप्रा बनाएर बसेका सुकुम्बासी तथा खनजोत गर्दै आएका भूमिहीनका नाममा जग्गा दर्ता गर्नुपर्ने सुकुम्बासीको भनाइछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?