पपुआ न्युगिनीमा जातीय हिंसा : कम्तीमा ५३ जनाको मृत्यु

पपुआ न्युगिनीको सुदूर हाइल्याण्ड्स क्षेत्रमा भएको जातीय हिंसामा कम्तीमा ५३ जनाको मृत्यु भएको छ। एंगा प्रान्तमा एक आदिवासी समूहले अर्को आदिवासी समूह लक्षित एम्बुस थापेर गरेको गोलाबारीमा अरु कयौँ व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ।

घटनामा मृतकको संख्या बढ्ने अनुमान छ । राजधानी शहर पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर टाढा रहेको हाइल्याण्ड्स क्षेत्र लामो समयदेखि जातीय द्वन्द्वको चपेटामा छ। भूमि तथा अन्य स्रोत साधनका विषयमा आदिवासी समुदायबीच जारी द्वन्द्वमा हिंसा बढेपछि सरकारले पर्यटकलाई त्यस क्षेत्रको भ्रमण गर्न रोक लगाएको थियो।

गत महिना भएको घातक लडाइँमा १५ जनाको मृत्यु भएपछि प्रान्तीय सरकारले संकटकाल घोषणा गरी कर्फ्यू जारी गरेको थियो। अष्ट्रेलिया र इण्डोनेसियासँग आंशिक सीमा जोडिएको पपुआ न्युगिनीको क्षेत्रमा सन् २०१९ मा भएको द्वन्द्वमा बालबालिका तथा महिलासहित एकैपटक २४ जनाको मृत्यु भएको थियो।

८०० भन्दा बढी फरक आदिवासी समुदाय रहेको पपुआ न्युगिनीमा पछिल्लो ५० वर्षमा जनसंख्या दोब्बरले बढ्दा द्वन्द्व पनि बढ्दो गतिमा रहेको बीबीसीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?