नवलपरासी सेवा समाज कतारको तेस्रो साधारण सभा तथा अधिवेशन शुक्रबार हुने

दोहा, कतार । “आपसी सहयोग सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ सन् २०१८ मा कतारमा स्थापित नवलपरासी सेवा समाज कतारको तेस्रो साधारण सभा तथा अधिवेशन यहि आउँदो शुक्रबार कतार च्यारिटीको हल न्यु सलातामा हुने भएको छ ।

नवलपरासी जिल्लाको विभिन्न स्थानबाट कतारलाई कर्मभुमी बनाएर बस्नुभएका सम्पुर्ण नवलपरासी वासि  दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकत्रित गर्दै जिल्लावासिहरुलाई आइपर्ने समस्याहरुमा मल्हम बन्ने निश्चल उद्देश्यका साथ संस्था स्थापना गरिएको बताउँदै अधिवेशनलाई सफल बनाइदिनका लागि समाजका अध्यक्ष कृष्ण पन्थीले दोहाबासी सम्पुर्णमा आग्रह गरेका छन् l समाचार पोस्ट सङ्ग कुरा गर्दै पन्थीले नेपाली राजदूतावास दोहा कतारका नियोग उपप्रमुख कुमार राईले समुद्घाटन गर्ने अधिवेशनबाट आगामी एक कार्यकालका लागि चुस्त दुरुस्त नयाँ कार्यसमिति चयन हुने बताएका थिए l

साधारणसभा तथा अधिवेशन शुक्रबार मध्यान्ह १२ बजेबाट शुरु हुनेछ । कार्यक्रममा कतारमा रहेका आईसीसी पदाधिकारी, एनसीसी कतार लगायत कतारमा स्थापित विभिन्न जिल्ला , प्रदेश, जातीय,वर्गिय , वैचारिक एवम् सामाजिक संघ संस्थाहरु, समाजसेवी, सामाजिक अभियन्ताहरू, पत्रकारहरू, व्यवसायी लगायत कतारमा रहेका सम्पुर्ण नेपालीहरूलाई समाजले निमन्त्रणा गर्दै साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई भव्यताका साथ सफल पारिदिनका लागि आग्रह समेत गरेका छन्  ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?