अर्घाखाँची । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका देशभर मै साताैँ भएकाे छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौँ हुन सफल भएकाे हाे ।
६ वटा स्थानीय तहहरू रहेको अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका ६१.८१ अंक सहित नेपालमै प्रथम भएकाे छ ।भने भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका र पाणिनि गाउँपालिका गरी जिल्लाका ३ पालिका फेल भएका छन् ।