back to top
२० असोज २०८१, आइतवार
IPL 2024
IPL 2024
२० असोज २०८१, आइतवार
IPL 2024
spot_img

नवलपरासीको अध्यक्षमा हमाल निर्विरोध

Workplace

दोहा कतार । नवलपरासी सेवा समाज कतारको तेस्रो साधारण सभा तथा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । कतार च्यारिटीको हलमा दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी एक कार्यकालका लागि दुर्गा हमालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ ।

Workplace

कार्यसमितिको उपाध्यक्षमा नर बहादुर थापा, महासचिव चन्द्र लेङ्गे तमु, सचिव विष्णु शाही, कोषाध्यक्ष रामजी सुवेदी, सह–कोषाध्यक्ष कृष्ण क्षेत्री रहेका छन्।त्यसैगरी कार्यसमिति सदस्यहरुमा कमला भण्डारी ,रिता पौडेल , मोनीका श्रेष्ठ,सद्धाम हुसेन, रमेश पुरी, रबिन अधिकारी, लोक प्रसाद न्यौपाने, रुद्र न्यौपाने मानसिहं विक सर्व सहमत निर्वाचित भएका छन् । नव निर्वाचित टिमलाई निर्वाचन समितिका संयोजक केबी हमालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

समाजका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षता तथा नेपाली राजदूतावास दूतावास कतारका नियोग उप- प्रमुख कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कतारमा रहेका आइसीसीका पदाधिकारी, एनसीसी , विभिन्न प्रदेश, जातीय, वैचारिक, सामाजिक संघ संस्था, नेपाली महिला समाज, समाजसेवी, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी एवम् कतारमा रहेका नवलपुरासी वासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राईले आफू नवलपरासी आफ्नो लागि त्यति धेरै परिचित जिल्ला नभएतापनी जिल्लाका केही भागको भ्रमण गरेको र विभिन्न कोणबाट हेर्दा नवलपरासी अत्यन्तै महत्वपूर्ण जिल्ला रहेको आफूले पाएको बताए । उनले नवलपरासी जिल्लाले विकासमा फराकिलो फड्को मारेको बताउँदै कतारमा स्थापित यस सामाजिक संस्थाले गरेको योगदानको मुक्तकणठले प्रशंसा गर्दै अन्य सामाजिक संस्थाहरुले पनि यस संस्थाबाट धेरै कुराको शिक्षा लिनुपर्ने बताए ।

महासचिव दुर्गा हमालले समाजको करिब २९ महिने कार्यकालको कार्य प्रगती प्रतिवेदन पेस गरेका थिए । अधिवेशनमा संस्थापक कार्यसमिति देखि वर्तमान कार्यसमिति,संरक्षक, सल्लाहकार , कलाकार, लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरु , सहयोगी व्यक्तित्वहरु, पत्रकार, एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि निर्वाचित विभिन्न तह र तप्काका पदाधिकारीहरुलाई सम्मान गरेको थियो ।

अधिवेशनमा समाजका द्दितिय उपाध्यक्ष सुरज कुँवरले विदेश आउनका लागि भिसा र वैदेशिक अनुमति पत्र प्राप्त नभई कसैलाई नगद कारोबार नगर्न आग्रह गर्दै एल्पी नम्बर मागेर स्टिकर नम्बर चेक गरेर मात्र सरकारले तोकेको रकम बुझाएर विदेश जान नेपालमा रहेका आफन्तलाई सुझाव दिन आग्रह गरे ।

अधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभापति पन्थीले समाजको नाराबाट नै संस्था स्थापनाको उद्देश्य प्रष्ट बुझिने भन्दै नवलपरासी जिल्ला भित्रका हरकोहिलाई परेको पिडामा नवलपरासी सेवा समाज कतार मल्हम बन्दै आएको र आगामी दिनहरुमा पनि यस मानवीय कार्यलाई निरन्तरता दिने कुराको प्रतिवद्धता समेत जाहेर गरेका थिए । उनले समाजले १ लाख ८७ हजार कतारी रियाल कतारमा लगानी गरेका बताउँदै कतारमा ट्याक्सी चलाउने देखि पसल गर्ने सम्ममा लगानी गरेर श्रमिकको जिवनस्तर उकास्दै श्रमिकबाट रोजगारदाता बनाउने फरक लक्ष्यतर्फ समाज लम्किरहेको बताए । उनले नवलपरासीवासी जो कोहिले पनि समाजले निर्माण गरेको समिति मार्फत आवश्यक प्रक्रिया पुरा गरेर ऋण लिइ आफ्नो व्यवसाय सुरु गर्न सक्ने बताए ।

समाजका प्रथम उपाध्यक्ष अमित बरालीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सहजीकरण संस्थाका महासचिव दुर्गा हमालले गरेका थिए ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?