back to top
IPL 2025
IPL 2024
२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार
IPL 2025
spot_img

संघीय संसद्का दुवै सदन आज, यस्ता छन् कार्यसूची

spot_img

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सभाको बैठक सोमबार बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभाको बैठक ११ बजेर १ मिनेटमा शुरु  हुनेछ।

प्रतिनिधिसभा

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ।

यसपछि राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा अर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि छ।

राष्ट्रिय सभा

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ। यस्तै विधायन व्यवस्थापन समितिकी  सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९\८० सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व को अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेश गर्नेछिन्।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची पनि छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?