back to top
IPL 2024
IPL 2024
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता

spot_img

काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता हुँदैछ। आइतबार भएको वार्तामा आज बस्ने गरी टुंगिएको थियो।

Workplace

सरकार र पीडितबीच बिहान ११ बजेदेखि पुनः वार्ता हुने पीडित संघर्ष समितिका  संयोजक नृग नविनले जानकारी दिए। आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ।

आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए। पीडितहरूले सडक आन्दोलनलाई भने निरन्तरता दिने भएका छन्।

आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए। टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन्।

सरकारले गृहमन्त्रालयका  सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ।  गृहले मिटरब्याजसँग सम्बन्धित समस्या समाधान लागि कानुन संशोधन, अधिकारसम्पन्न आयोग गठन, दुवै पक्षबीच मेलमिलाप गराउने र सहमति नभएका विषयमा कानुनबमोजिम मुद्दा दर्ता गर्नेलगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गर्ने विषय उल्लेख गरेको छ।

अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन लगाएर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले ५ दिनदेखि प्रदर्शन गरिरहेका छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?