back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

एमालेको अवरोधपछि संसद्‌ बैठक स्थगित

spot_img

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद्‌ बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको हाे ।

सोमबार बैठक सुरु हुनासाथ आकस्मिक समयमा एमालेको तर्फबाट बोलेका सांसद गोकुल प्रसाद बाँस्कोटाले सरकारले बालकुमारी घटनालगायत समसामयिक विषयहरूमा प्रधानमन्त्री वा गृहमन्त्रीले चित्तबुझ्दो जवाफको माग गरेका थिए।

उनले भौतिकमन्त्री प्रकाश ज्वाला,  नागरिक उड्डयनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतले राजीनाम दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग पूरा नभएसम्म सदनमा अवरोध जारी रहने बताए।

सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक-पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?