back to top
IPL 2025
IPL 2024
२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार
IPL 2025
spot_img

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलबार बस्दैछ। बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले स्थायी समिति बैठक तय गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका लागि गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।

हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ।

बैठकमा तराई-मधेश अभियान, उत्तर–दक्षिण अभियानका विषयमा छलफल हुने सापकोटाले बताए। माओवादी केन्द्रले आगामी चैत १ गतेदेखि तराई-मधेशमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?