सहिदको बलिदानका कारण नेपालमा राजनीतिक परिबर्तन सम्भब भएको हो : नेता बिक 

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा अर्घाखाँचीका ईन्चार्ज ठाकुर कुमार विक किशोरले जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल लगायत हजारौँ सहिदको बलिदानका कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएका  छन्।

नेकपा माओबादी केन्द्र अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको सहिद सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै नेता बिकले यस्तो बताएका हुन् । नेता बिकले सहिदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै इतिहासमा पहिलो पटक सरकार जनतासित जोडिएको दावी गरे  ।

 उनले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढेको उल्लेख अब समाजवादी क्रान्तिको यात्राको लागि सबै तयार हुनुपर्ने बताए । माओबादी केन्द्रले फाल्गुन १४ देखी २१ सम्म लाई सहिद सप्ताह को रुपमा मनाउँदै आएको छ । सप्ताह ब्यापी कार्यक्रम अन्तरगत सहिद परिवार सम्मान,  अन्तरक्रिया, सहिद परिवार भेटघाट लगायतका कार्यक्रम रहेको जिल्ला संयोजक राजेन्द्र भुसालले बताएका छ्न ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य छम कुमारी खनाल, प्रदेश  सचिवालय  सदस्य ठाकुर सौराग, प्रदेश सदस्य कृष्ण सारु  प्रदेश सल्लाहकार सदस्य भेष बहादुर केसि, दोण प्रसाद भुसाल, डिलाराम पान्डे जिल्ला समन्वय समिति सदस्यहरु नगरकमिटी पदाधिकारी तथा सदस्यहरु विभिन्न जबस मोर्चाका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम जिल्ला संयोजक राजेन्द्र भुसालको अध्यक्षता नगरकमिटी अध्यक्ष कृष्णहरि भुसालको संचालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?