प्रितीले अन्तिम मिनेटमा गोल गरेपछि नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने

काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उउपाधिका लागि जोर्डनसँग खेल्ने छ ।

जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो ।

खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो ।डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।

दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्‍यो । ७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । सावित्राले रश्मीकुमारी घिसिङको पासमा गरेको प्रहार लेवानोनी गोलकिर लमिटाले रोकेपनि पूर्ण रुपमा क्लियर गर्न सकिनन् ।

रिबाउन्ड बल डिफेण्डर अमिनाले क्लियर गर्ने प्रयास गरे पनि सावित्राले चलाखीपूर्वक अघि बढ्दै गोल गरेकी हुन् ।

जारी प्रतियोगितामा नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राको यो नवौं गोल हो । उनले पहिलो खेलमा सिरियाविरुद्ध १ गोल गरेकी थिइन् भने त्यसपछि इराकविरुद्ध ५ र प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् ।

निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सीधै गोलमा परिणत भयो ।

पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । तर नेपालको अबको प्रतिद्वन्द्वी सर्वाधिक ५ पटकको विजेता तथा साविक विजेता जोर्डन छ ।

फाइनल पुगेपछि नेपालकी फरवार्ड सावित्रा भण्डारीले मैदानका कारण पहिलो हाफमा राम्रो खेल्न नसकेको बताइन् ।  ‘पहिलो हाफमा मैदानमा एडजस्ट हुन सकेनौं र बल कन्ट्रो गर्न सकेनौं । पहिलो हाफमा केही कठिन भयो र दोस्रो हाफमा शतप्रतिशत दियौं र नतिजा निकाल्न सफल भयौं,’ उनले भनिन् ।

उनले जोर्डन बलियो टिम भएको र नतिजाका लागि फाइट गर्ने बताइन् । उनले विपक्षीलाई सम्मान गर्दै खेल्ने बताइन् ।

यस्तै गोलकर्ता प्रितीले पनि पहिलो हाफमा खेल्न कठिन भएको र दोस्रो हाफमा खेल्न सहज भएको र नतिजा आएको बताइन् ।

प्रितिले आफ्नो गोल फिजियो नवीनालाई समर्पण गर्ने पनि बताइन् । आफ्नो कठिन समयमा नविनाले धेरै सहयोग गरेको प्रितिले बताइन् ।

नेपाल र जोर्डनबीचको फाइनल खेल बिहीबार हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?