back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

प्राचार्य दिनानाथ गिरीद्वारा जन्मदिनको अवसरमा अक्षयकोष स्थापना

spot_img

सुजिता श्रेष्ठ,
बुटवल ।
शिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालयका प्राचार्य दिनानाथ गिरीले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि प्रोत्साहन स्वरुप अक्षयकोष स्थापना गरेका छन्।

बुटवल उपमहानगरपालिका स्थित शिद्धेस्वर लालकुमारी माविका प्रचार्य गिरीले जन्मदिनको अवसरमा बीस हजार एक सय पच्पन्न रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन् । शिक्षामा सुधार ल्याउन र विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि अक्षयकोष स्थापना गरिएको प्राचार्य दिनानाथ गिरीले बताए।

आगामी दिनमा समेत कोषमा रकम थप गर्दै लैजाने बताउँदै बीसहजारबाट शुरु गरिएको अक्षयकोष छिट्टै एक लाख भन्दा माथि पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे। विद्यालयमा स्थापना भएको अक्षय कोषबाट प्रत्येक वर्ष १०–२० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य रहेको उनले बताए ।

प्राचार्य गिरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपाने र व्यवस्थापन समिति पदाधिकारी एवं विद्यालय परिवार समक्ष संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । सोही अवसरमा उनले कक्षा के.जी. मा अध्ययनरत सवै विद्यार्थीहरुलाई कापी, पेन्सिल लगायतका शैक्षिक सामाग्रि वितरण गरेका थिए।

शिक्षाबाट कोही कसैलाई पनि वञ्चित हुन नपरोस् भन्दै प्राचार्य गिरीले आर्थिक अभावका कारणले विद्यालयमा पुगेर शिक्षा लिन नसक्ने बालबालिकालाई यो कोषबाट सहयोग गरिने साथै निकट भविष्यमा यो कोषलाई बलियो गराई शैक्षिक गतिविधिमा टेवा पुर्याउने बताए।

विद्यालयको शैक्षिक स्तरोन्नति र गुणस्तरीय शिक्षामा‌ विकाससँगै अक्षय कोषको स्थापना गरि सराहनीय कामको सुरुवात गरेकोमा विद्यालय व्यवस्थापनका अध्यक्ष सागर प्रसाद न्यौपानेले शुभकामना सँगै धन्यबाद व्यक्त गरेका थिए।

शिद्धेस्वर लालकुमारी माविमा प्रविधिमैत्री वातावरणमा अध्ययन अध्यापन भईरहेको छ । विद्यालयको भौतिक तथा शैक्षिक व्यवस्थापनका लागि आवश्यक भौतिक संरचनाको निर्माण गरिएको र विद्यार्थीहरुको शैक्षिक स्तरोन्नतिका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन समेत गरिएको उनले बताए ।

विद्यार्थीलाई सुन्दर र शान्त वातावरण प्रदान गरि विद्यालयको शैक्षिक र भौतिक विकासका लागि विभिन्न शैक्षिक कार्यक्रमहरुको कार्ययोजनासँगै कार्यन्वयन भईरहेको उनले बताए।

२०३८ सालमा स्थापना भएको यस विद्यालयमा हालसम्म कक्षा शिशु देखि कक्षा १० सम्म ८५० विद्यार्थीले‌ अध्ययन गरिरहेका छन्। ३ विगाह क्षेत्रफलमा रहेको विद्यालयमा अतिरिक्त क्रियाकलापका लागि खेल मैदान, साइन्स ल्याव, कम्प्युटर ल्याब रहेका छन् । उच्च प्रविधिको प्रयोग गरि विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउने र विद्यार्थी सङ्ख्या बढाउने लक्ष्यका साथ आगामी दिनहरुमा अझै शैक्षिक सुधार‌ गरि कार्य योजनासँगै विद्यार्थीहरुको शैक्षिक गुणस्तरका लागि निरन्तर मेहनतका साथ लागिरहेको विद्यालयका शिक्षक शिक्षिकाले‌ प्रतिवद्धता जनाएका छन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?