काठमाडौंमा फोटोग्राफी मास्टरक्लास, इजिप्टका क्रिएटिभ फोटोग्राफर मोबारकले दिए प्रशिक्षण

काठमाडौं । फोटोग्राफीमा रुची र चासो राख्नेहरुलाई लक्षित गर्दै काठमाडौंमा फोटोग्राफी मास्टरक्लास कार्यशाला गरिएको छ । नेशनल स्कुल अफ फोटोग्राफी र एनी फोटोग्राफी सोसाइटी अफ नेपालको आयोजनामा एक दिने फोटोग्राफी मास्टरक्लास कार्यशाला गरिएको हो ।

फोटोग्राफी मास्टरक्लासमा इजिप्शियन क्रिएटिभ फोटोग्राफर यस्सर अला मोबारकले फोटोग्राफी के हो ? फोटोग्राफीमा के गर्ने र नगर्ने लगायतका विषयवस्तुको बारेमा प्रकाश पारे । उनले फोटोग्राफीमा आफूलाई कसरी अब्बल बनाउने भन्ने बारेमा सुझाब दिए । क्रिएटिभ फोटोग्राफर यस्सर अला मोबारकले आफूले खिचेका अनेक फोटोहरु देखाउदैँ फोटोका कोण, विशेषता लगायत फोटोग्राफीमा हुनुपर्ने गुणहरुको विषयमा प्रष्ट पारे ।

इजिप्टका क्रिएटिभ फोटोग्राफर यस्सर अला मोबारकले ट्राभल फोटोग्राफर अफ द इयर, नेशनल ज्योग्राफिक, सोनी वल्र्ड फोटोग्राफी अवार्ड्स लगाएतका धेरै फोटोग्राफी पुरस्कारहरू जितिसकेका छन् । उनले खिचेका फोटोहरु गार्डियन, वाइइस, नेशनल जियोग्राफिक, स्ट्रीट फोटोग्राफीमा पनि प्रकाशित भइसकेका छन् । दिल्ली कलेज अफ फोटोग्राफीका भिजिटिङ इन्स्ट्रक्टर समेत रहेका उनले निकोन स्कूल इजिप्ट, अजरबैजान फोटोग्राफर युनियन, जोर्डन फोटोग्राफिक सोसाइटी र बर्वेल स्कूल अफ फोटोग्राफीमा फोटोग्राफी कार्यशाला दिइसकेका छन् ।

कार्यशालामा उनले व्यक्तिगत विकास, कम्युनिकेशन, शारीरिक भाषा तथा प्रस्तुति, सहभागीहरुलाई व्यक्तिगत र व्यावसायिक जीवनको विकासमा सहयोगी हुने अन्य विषयको समेत सुझाब दिए । कार्यशालाको आयोजक नेशनल स्कुल अफ फोटोग्राफी र एनी फोटोग्राफी सोसाइटी अफ नेपालले फोटोग्राफी मास्टरक्लासबाट सहभागीहरुलाई फोटोग्राफी सम्बन्धि धेरै कुराहरुको बारेमा ज्ञान प्राप्त भएको विश्वास लिएको छ । सो कार्यक्रममा दुई दर्जनबढी फोटोग्राफीमा रुची राख्नेहरुको सहभागिता थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?