सरकारले सदनलाई विजनेशबिहीन बनाएर निकम्मा सावित नगरोस् : प्रदेश सांसद घिमिरे

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले लुम्बिनी प्रदेश सरकारप्रति आक्रामक देखिएका छन् ।

आइतबार प्रदेश सभाको हिउँदे अधिवेशनको तेस्रो बैठकमा बोल्दै घिमिरेले सरकारले सदनलाई रोक्न चाहेको आरोप लगाए । उनले सदन जनताको निम्ति रहेको बताउदैँ सरकारले विजनेशबिहीन बनाएर सदनलाई निकम्मा सावित नगर्न आग्रह गरे ।

‘सरकार सदनलाई निष्प्रभावी बनाउन चाहान्छ, सदनलाई रोक्न चाहान्छ । सदन निरन्तरताको आवश्यकता छ । जनता आफ्ना समस्यालाई लिएर मुख्यमन्त्रीको जान सजिलो छैन् ।’ घिमिरेले भने– ‘जनताले आफ्ना क्षेत्रका सांसद्हरुबाट आफ्ना आवाज उठाइदिओस् भन्ने चाहान्छन् । जनताको निम्ति हो, यो सदन । त्यसकारण सरकारले यसलाई विजनेशबिहीन बनाएर निकम्मा सावित नगरोस् ।’ घिमिरेले थपे– ‘न त मिनि पार्लामेन्टहरु बस्छन् नेतृत्वको अभावमा, न यो सदन बस्छ । ’

घिमिरेले प्रदेशका मुख्यमन्त्री नै सदनदेखि डराएर भागिरहेको बताए । उनले मुख्यमन्त्रीले सदनमा उठेका आवाजहरु सुन्न नसक्ने बताउदैँ सदनसँग डराएर कति दिन चल्छ ? भन्दै प्रश्न गरे । ‘सदनबाट सरकार भाग्ने कोशिस नगरोस् । मुख्यमन्त्री स्वयं सदनदेखि डराउनुहुन्छ, सदनबाट भागिरहनुहुन्छ, त्रर्सिरहनुहुन्छ । अहिलेका मुख्यमन्त्रीले सदनमा उठेका आवाजहरु सुन्न सक्नुहुन्न् । उहाँ, सदन नै नबसोस् भन्ने चाहानुहुन्छ ।’ घिमिरेले आक्रोशित हुदैँ भने– ‘सरकार यसरी सदनसँग डराएर कति दिन चल्छ ? सरकारसँग यो मेरो प्रश्न छ । सरकारमा बस्नेले सदन सुन्न सक्नुपर्छ ।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?