अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउपालिका वडा नं. ६ धातिवाङमा हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको छ ।
११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा वडाभित्र रहेका आधारभूत तह (१–३) स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भएको हो । पाणिनि पत्रकार समाज नेपालको आयोजना तथा पाणिनि गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा कालिका आधारभूत विद्यालय प्रथम, सूर्योदय आधारभूत विद्यालय द्वितीय, धातिवाङ्ग माध्यमिक विद्यालय तृतीय, सीता आधारभूत विद्यालय सान्त्वना भएका छन् । यो सँगै प्रथम, द्धितिय, तृतीय र सान्त्वना विद्यार्थीहरूले क्रमश ८ हजार, ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन भने सहभागि विद्यालयले १ हजार पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा पाणिनि पत्रकार समाज नेपालका अध्यक्ष प्रकाश प्युठानीको अध्यक्षता, वडा अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडाका जनप्रतिनिधि, कर्मचारी, पार्टी प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, सिद्धेश्वर सहकारी संस्थाका व्यवस्थापक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा ५ विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष कृष्ण पौडेलले हाजिरीजबाफ प्रतियोगिता जस्तै अन्य शैक्षिक कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताए । उनले वडाको समग्र विकासमा आफू लागि परेको भन्दै त्यसमा सबैको हातेमालो आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा सचिव राजन महत्रा, अमर आधारभूत विद्यालयका प्रधानाध्यापक हिमलाल पौडेल, धातिवाङ माविका शिक्षक मेघनाथ पौडेल, नेपाली कंग्रेसका वडा सचिव हुमा पौडेल, नेकपा एमालेबाट गोमा पौडेल लगायतले मन्तव्य राख्दै यस्ता खालका प्रतियोगितालाई वडाले प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।