पदबाट हट्नुपर्ने डरले प्रधानमन्त्री थर्कमान छन् : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुपर्ने डरले थर्कमान रहेको टिप्पणी गरेका छन्।

डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ?

आइतवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औँ स्थापना दिवसको अवसरमा उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताए। उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे। उनले भने “अहिले बनेको प्रधानमन्त्रीको अहिलेदेखि- बन्नुभन्दा पहिलादेखि कुर्सी हल्लिएको छ। कतिखेर म यहाँबाट धकेलिने र लड्ने भन्ने डरले। त्यस्तो डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ?”

उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताए । उनले नेपाली राजनीति फोहोरी खेलमा गएको दावीसमेत गरे। उनले राजनीति विकृत बनाएको कारणले गर्दा पद लोलुपता देखिने गरेको बताए।

महामन्त्री थापाले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?