back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

नेपाली महिला समाज कतारले भव्य रुपमा मनायो अन्तर्राष्ट्रिय नारी दिवस

spot_img

कतार । नेपाली महिला समाज कतार र एनसिसी कतार अन्तर्गतको महिला विभाग र श्रमिक सचेतना तथा परामर्श विभागको संयुक्त आयोजनामा शुक्रबार सनैयाको फुलवारि रेष्टुरेन्टको सभाहलमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस शुभकामना तथा सचेतना कार्यक्रम २०२४ भव्य रुपमा सम्पन्न गरेको हो ।

नेपाली महिला समाज कतारका अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डा। नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता सँगै गैर आवासिय नेपाली संघ एनआरएनए एनसिसी कतारका अध्यक्ष रमेश भट्टको कार्यक्रममा विशिष्ट आतिथ्यता रहेको थियो ।

पानसमा दियो बालेर विधिवत उद्घाटनसहित अघि बढेको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुलाई फुल दिएर स्वागत गरिएको थियो । स्वागत मन्तव्यमा बोल्दै एनआरएनए कतारका महिला संयोजक सुष्मा खतिवडाले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेकी थिइन् भनें नेपाली महिला समाजका बाल कलाकार दिया सिंहले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन्।

No description available.

कार्यक्रममा तिनजना सहजकर्ताहरुले आ(आफुलाई दिइएको विषय अन्तर्गत रहेर सचेतनाका सेसन चलाएका थिए जस अन्तर्गत पहिलो वक्ताको रुपमा रहेकी दीपा सिंहले आर्थिक मितव्ययिता सम्बन्धि जागरुकताको बारेमा प्रष्ट पारेकी थिइन्। उनले देश र परिवार छोडेर बिदेशमा रहेका हामी नेपालीहरुले आफुले दुख गरेर कमाएको पैसालाई फजुल खर्च गर्नुभन्दा कसरी बचत गर्ने भन्ने बारेमा उपयुक्त टिप्स बताएकी थिइन्। उनले नियमित रुपमा आफ्नो आम्दानी र खर्चबारे हिसाबकिताब राख्ने बानी बसाल्ने र कमाइको केही प्रतिशत बचत गर्ने बानी बसाल्दा भबिस्यमा आइपर्ने समस्याहरु टार्न धेरै मद्दत गर्ने बताइन्।

No description available.

समय व्यवस्थापन र नेतृत्व विकासमा महिला विषयमा बोल्दै अर्कि सहजकर्ता सरिन दासले हामी महिलाहरुले हाम्रो हक, अधिकार र स्वतन्त्रता कोहि कसैसङ्ग माग्ने होइन आफ्नो हक अधिकार आँफैले लिन सक्नुपर्ने बताइन्।महिलालाई दोस्रो दर्जाका नागरिक मानी घरको चुलो चौकोमा, बच्चाको स्याहारसुसारमा तथा परिवारको सेवामा मात्र सीमित राख्ने अवस्थाबाट धेरै महिला दिदीबहिनीहरुले मुक्ति पाउन थालेको बताइन्। उनले महिला दिदीबहिनीहरुको लागि उपयुक्त हुने धेरै टिप्सहरु समेत दिएकी थिइन्। समय हाम्रो लागि निकै महत्त्वपूर्ण रहेको र समयले हामीलाई निकै उत्तरदायी बनाउने बताउँदै आफुलाई निमन्त्रणा गरेर कार्यक्रममा सरिक हुन पाउँदा निकै खुसी व्यक्त गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना समेत ज्ञापन गरिन्।

त्यसै गरि महिला स्वास्थ सम्बन्धी विषयक सहजकर्ताको रुपमा रहेकी संस्थाकी प्रमुख सल्लाहकार सरिता भन्डारी पौडेलले स्वास्थ सम्बन्धि प्रशिक्षण दिँदै महिलाहरुले स्तन क्यान्सर सम्बन्धी सम्पुर्ण जानकारी गराउँदै उपयुक्त सल्लाह समेत दिइन्। महिलाहरुको स्तन क्यान्सर कसरी हुन्छ रु क्यान्सर भईसकेपछि रोकथाम कसरी गर्ने रु कसरी बच्ने रु भन्ने कुराको बारेमा प्रष्ट पारेकी थिइन्। भन्डारीले महिलाहरूलाई कुनै किसिमको रोग लागेपछी नलजाएर स्वास्थकर्मीसँग सल्लाह लिन समेत आग्रह गरेकी थिइन्।

No description available.

कार्यक्रममा गायिका रेश्मी सेन्चुरीले विभिन्न गीतहरु गाएर मनोरञ्जन प्रदान गरेकी थिइन भनें साहित्यकार सुजाता बिसीले नारी दिवसको अवसरमा गजल वाचन गरेकी थिइन्।

कार्यक्रमका प्रमुख अतिथि ढकालले आफ्नो मन्तव्यका क्रममा बोल्दै बाहिर बढी नारी मैत्रीका भाषण र आदर्शका कुरा गर्ने व्यक्तिहरुले नै नारीमाथि दमन र अत्याचार गरेको र समाजमा प्रशस्तै देखिएको बताए । ुहामी स्वदेश तथा बिदेशमा जहाँ रहेपनि एकले अर्कालाई दमन गर्ने हेप्ने कार्यको अन्त्य गर्न सुधारको थालनी हामी आफैबाट सुरु गर्नुपर्छु, उनले भने, ुनेपालको सन्दर्भमा हाम्रा दिदीबहिनीहरु धेरै अगाडी बढिसकेको र हाम्रो देशको नेतृत्व बिकास समेत राम्रो हुँदै आएको छ। दक्षिण एसियामै नेपालका महिलाहरुको राजनीति स्थिति हेर्ने हो भने हामीले राष्ट्रपति, उपप्रधानमन्त्री , परराष्ट्र सचिब समेत महिला पाएका छौँ। यो कुरामा महिला दिदीबहिनीहरुले गर्व गर्न सक्नुपर्छ।ुढकालले आफू जहाँ रहे पनि आगामी अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदा आज यो हलमा रहनुभएका नारीहरुले गत बर्ष भन्दा यो वर्ष आफ्नो परिवारमा सुधार आएको र महिला दिदीबहिनीहरुको जिवनमा सकारात्मक परिवर्तन आएको आफुले अनुभुती गर्न पाउँ भन्ने चाहना रहेको बताउँदै उनले नेपाली राजदूतावास कतार र आफ्नो व्यक्तिगत तर्फबाट अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गरे ।

No description available.

संस्थाका महासचिव मेनुका भन्डारीले सहजीकरण गरेको कार्यक्रम समापन गर्दै सभापति केसीले आफनो कार्यकालको सुरुवात मै पहिलो कार्यक्रम अन्यभन्दा फरक अनि पृथक तरिकाले गर्ने कोशिस गरेको बताउँदै कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई सफल बनाउने सबैलाई धन्यवाद समेत दिइन्।

कार्यक्रममा विभिन्न बैचारिक संगठन, सम्पुर्ण जिल्ला, प्रदेश लगायत कतारमा स्थापित सम्पुर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि , समाजका अग्रज बुद्धिजीवी पत्रकार सहित महिला दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । समाजलेू११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यक्रममा उपस्थित सम्पुर्णलाई सर्प्राईज गिफ्टका रुपमा आयोजक संस्थाको लोगो अंकित कप मायाको चिनो समेत प्रदान गरेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?