राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माले दिए उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा २ जनाले उम्मेदवारी  दर्ता गरेका छन्।

नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल र कांग्रेसका युवराज शर्माले उम्मदवारी दर्ता गरेका हुन्।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद् गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।

राष्ट्रपतिबाट मनोनीत कोटामा राष्ट्रिय सभा सदस्य बनेका दाहालको कार्यकाल चार वर्ष बाँकी छ। राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग माओवादीका एक उपाध्यक्षसहित १८,नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ सांसद छन्।

 कांग्रेसबाटशर्माको प्रस्तावका आनन्दप्रसाद ढुंगाना रहेका छन् भने समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह रहेका छन्।

शर्मा बाँकेका पुराना नेता हुन्। विपक्षी गठबन्धनमा कांग्रेसका १६ तथा लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक गरी राष्ट्रिय सभामा १८ सदस्य छन्।

दिउँसो साढे १ बजे नामावली प्रकाशनको तालिका तय गरेको छ। मंगलबार बिहान बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्ष चयनको प्रस्ताव निर्णयार्थ पेस हुनेछ।

संवैधानिक आयोगका पदाधिकारीहरुको सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य रहने भएकाले पनि राष्ट्रियसभाको अध्यक्ष राजनीतिक खिचातानीको विषय बनेको हो।

राष्ट्रिय सभा अध्यक्षकै दाबीमा मतभेदलाई देखाउँदै माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेको थियो। यससँगै अघिल्लो गठबन्धनबाट राष्ट्रिय सभाको सदस्य हुँदै अध्यक्ष बन्ने तयारी गरेका  कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाको चाहना तुषारापात भएको छ।

आफूले अध्यक्ष नपाउने निश्चित भएपछि सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धोका दिएको भन्दै भेटेरै आक्रोश पोखेका थिए। सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रिय सभा उपाध्यक्ष एमालेले पाउनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?