back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माले दिए उम्मेदवारी

spot_img

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा २ जनाले उम्मेदवारी  दर्ता गरेका छन्।

नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल र कांग्रेसका युवराज शर्माले उम्मदवारी दर्ता गरेका हुन्।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद् गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।

राष्ट्रपतिबाट मनोनीत कोटामा राष्ट्रिय सभा सदस्य बनेका दाहालको कार्यकाल चार वर्ष बाँकी छ। राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग माओवादीका एक उपाध्यक्षसहित १८,नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ सांसद छन्।

 कांग्रेसबाटशर्माको प्रस्तावका आनन्दप्रसाद ढुंगाना रहेका छन् भने समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह रहेका छन्।

शर्मा बाँकेका पुराना नेता हुन्। विपक्षी गठबन्धनमा कांग्रेसका १६ तथा लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक गरी राष्ट्रिय सभामा १८ सदस्य छन्।

दिउँसो साढे १ बजे नामावली प्रकाशनको तालिका तय गरेको छ। मंगलबार बिहान बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्ष चयनको प्रस्ताव निर्णयार्थ पेस हुनेछ।

संवैधानिक आयोगका पदाधिकारीहरुको सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य रहने भएकाले पनि राष्ट्रियसभाको अध्यक्ष राजनीतिक खिचातानीको विषय बनेको हो।

राष्ट्रिय सभा अध्यक्षकै दाबीमा मतभेदलाई देखाउँदै माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोडेको थियो। यससँगै अघिल्लो गठबन्धनबाट राष्ट्रिय सभाको सदस्य हुँदै अध्यक्ष बन्ने तयारी गरेका  कांग्रेस सांसद कृष्णप्रसाद सिटौलाको चाहना तुषारापात भएको छ।

आफूले अध्यक्ष नपाउने निश्चित भएपछि सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धोका दिएको भन्दै भेटेरै आक्रोश पोखेका थिए। सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रिय सभा उपाध्यक्ष एमालेले पाउनेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?