back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

पीएनजीसामु नेपालकाे १९९ रनको लक्ष्य प्रस्तुत

spot_img

काठमाडौं :  त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १९९ रनको लक्ष्य दिएको छ। हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले पीएनजीलाई जितका लागि १९९ रनका लक्ष्य दिएको हो।

हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। उनले टी–ट्वेन्टी आइमा एक हजार रन पूरा गरे।

त्यस्तै सन्दीप जोराले ५६ रनको योगदान दिए। निकै आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए। त्यस्तै विनोद भण्डारीले २७ रनको योगदान गर्दा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए।

आरिफ शेख ४ रन बनाएर पेभिलियन फर्किदा लोकेश बमले १४ रन बनाए। गुल्शन झा १९ रन बनाएर क्रिजमा रहँदा विवेक यादव १९ रन बनाएर नटआउट रहे।  पीएनजीका लागि कप्तान अशद भलाले २ विकेट लिए।

यो खेल जित्ने टोली फाइनल प्रवेश गर्ने हुँदा दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ। नेपाल र घरेलु टोली हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।​

पीएनजीले आजै पौने १२ बजे हुने अर्को खेलमा हङकङको सामना गर्ने छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?